प्रवासि नेपाली मन्च अमेरिकाको दोस्रो साधारण सभा सम्पन्न


सिकागो, डिसेम्बर २६ /

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा बिधुतिय माध्यम (स्काइप ) बाट समुद्घाटन गर्नुभयो । अमेरिका भरीका मन्चका अगुवाहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सभापति मन्चका अध्यक्ष संजय थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य मन्चका वरिष्ठ उपाध्यक्ष वाला घिमिरेले तथा धन्यवाद ज्ञापन क्षेत्रीय संयोजक टेकराज पौड्यलले गर्नु भएको थियो I
कार्यक्रम मन्चका महासचिव प्रभु राम थापाले सन्चालन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन समारोहमा एनआरएन अमेरिकाको पूर्वअध्यक्ष शिव कुमार राई ,बानाका अध्यक्ष कुलमणि आचार्य, आदिवासी जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष मंगलदास श्रेष्ठ ,सिकागोल्यान्ड नेप्लिज फ्रेन्डसिप सोसाइटीका अध्यक्ष गोपाल कंडेल ,जनसम्पर्क समितिका सल्लाहकार लाल प्रसाद काफ्ले ,एनआरएन ईलिनोईजका सचिव सत्य चौधरी, यूनानी मेडिसेनका अध्यक्ष डा.राम शाह तथा डा.दिपक मनरल लगाएतका अथितिहरूले मन्चको साधारण सभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
मन्चको दोस्रो सत्र (बन्ध सत्र ) पुरूषोत्तम बोहोराको अध्यक्षता तथा खेम भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो भने बन्दा सत्रमा विभिन्न राज्य कमिटिका अध्यक्ष ,क्षेत्रीय कमिटिका संयोजकहरू सहकारी विभाग, अनुशासन विभाग, तथा सल्लाहकार कमिटिका प्रमुखहरूले आ-अफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष शंकर पन्तले आर्थिक प्रतिवेदन, महासचिव प्रभु थापाले सागठानिक प्रतिवेदन र अध्यक्ष संजय थापाले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
अध्यक्ष महासचिव र कोषाध्यक्षको प्रस्तुत प्रतिवेदनमाथि सहभागीहरूले छलफल तथा जिज्ञासा राख्नुभएको थियो भने सहभागीहरूले राखेका जिज्ञासको जवाफ सम्बन्धित प्रतिवेदन प्रस्तोताहरूले दिनुभएको थियो। कार्यक्रमको अन्तमा पूवं मन्त्री युवराज कार्कीको आफ्नो मन्तव्य राख्नुभएको थियो ।यस साधारण सभाले प्रवासी नेपाली मन्च अमेरिका राष्ट्रिय कमिटिको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी सेप्टेम्बर २०१६ भित्रमा अमेरिकाको डिसी मेट्रो क्षेत्रमा गरिने निर्णयको साथै समसामयिक प्रस्तावहरू पास गर्दै दोस्रो साधारण सभा समापन गरियो ।