सन्दर्भ - २०१५ को बिदाइ -गोपाल कंडेल (कविता)

सन्दर्भ - २०१५  को बिदाइ

के लेखेर बिदा गरौँ वर्ष १५ लाई
धेरै राम्रो लेख्न छैन यस वर्ष लाई
८ रेक्टर को भुकम्प त, अरबौं को क्षति
हजारौं मृत्यु भयो,देश भर रुवाबासी |
नाकाबन्दि बन्द हड्ताल,
यसै वर्ष भाको
खासै अर्थ भएन क्यार,
देशमा संबिधान आको |
देश को मात्रै के कुरा निजि जीवन उस्तै -
अनाहकको आक्रमण ले ज्यान धन्नै गाको
यौटा हात भाचिएर सास मात्रै राको
ठिकै छ नि भनि भनि चित्त बुझाउदा
कति पिडा भयो होला दाइलाई गुमाउदा
कति पिडा भयो होला दाइलाई गुमाउदा |
यस्तो पिडा नहोस फेरी देश र हामीलाई
सन् १६  सालको शुभकामना सबै सबैलाई
सन् १६ सालको शुभकामना सबै सबैलाई |

शिकागो अमेरिका !!!