नेपाली चेलीका अश्लिल भिडियो खिच्नेलाई करोड जरिवाना

काठमाडौं-कास्की जिल्ला घर भएकी विन्दु परियारलाई जबरजस्ती ‘पोर्नस्टार’ बन्न बाध्य बनाएका एक अमेरिकी नागरिकलाइ त्यहाँको अदालतले ७२ लाख ५० हजार डलर (७२ करोड ५० लाख नेपाली रुपैयाँ) जरिबानाको फैसला गरेको छ । परियारका पूर्व पति रहेका ति अमेरीकी नागरिक जसको नाम टोम रान्डेल सेवेल हो, उनी बिरूद्ध गतवर्ष दर्ता गराएको मुद्धाको फैसला गर्दै अदालतले उनीको पक्षमा फैसला सुनाएको हो । विन्दूलाई स्तन प्रत्यारोपण गर्न बाध्य पारेको, पासपोर्ट लुकाएर बन्धकजस्तै पारेको, क्लबहरूमा याैनजन्य गतिबिधिमा संलग्न गराएको लगायतका अभियोगमा टमबिरूद्ध मुद्दा दायर भएको थियो । पतिले परियारलाइ पर पुरुषहरुसँग जबरजस्ती यौन क्रियाकलाप गर्न दबाब दिने र त्यसको भिडियो खिचर इन्टरनेटमा राख्ने र पोर्न स्टार भनेर सार्वजनिक गर्ने गरेका थिए विन्दूको कहालिलाग्दो जीवन कथा ‘डलास मर्निङ न्युज डटकम’ले प्रकाशित गरेको छ । २७ वर्षीय परियारका अनुसार पूर्वपति टोम रान्डेल सेवेलसँग सन् २०१२ मा सम्बन्धबिच्छेद भएको थियो । पूर्वपतिले विन्दू पढ्ने गरेको कलेजको वेभसाईटमा उनलाई वेश्या भनेर उनकै पतिले विवरण लेखाएपछि उनीहरूबीचको सम्बन्ध बिग्रेको थियो । रेस्टुरेन्टहरुमा जादा अपरिचित व्यक्तिले समेत उनलाई यौन प्रस्ताव राख्ने गरेका थिए । उनीहरुले ‘मैले तिम्रो भिडियो हेरेको थिए, तिमी कति पैसा लिन्छौ’ भनेर सोध्ने गरेको विन्दूले अन्तरवार्तामा बताएकी छिन् । तर उनले आफुलाई नर्सिङ पढ्न तथा आफ्नो परिवारलाई सहयोग गर्न अमेरिका आएकी युवतीको रुपमा चिनाउने गरेकी छिन् । उनकै पतिले सार्वजनिक गरेका भिडियो जताततै फैलियो र अहिले इन्टरनेटमा विन्दूको करिब २० हजार भन्दा बढि पोर्न भिडियो र तस्विरहरु रहेका अनुमान छ । विन्दूका अनुसार सबै भिडियो तथा फोटोहरु उनको अनुमतिबिना पोस्ट भएका हुन् । उनले कुनै पनि भिडियो तथा तस्विर आफ्नो खुशीले नगरेको समेत बताएकी छिन् । इन्टरनेटरमा राखिएका भिडियो तथा तस्विर हटाउन विन्दूले गरेको आग्रहलाई उनका पूर्वपति सेवेलले अस्वीकार गरेका थिए । पतिले बिन्दुलाइ तिमीले जति पटक रिपोर्ट गरेपनि मलाई फरक पर्ने छैन, म अर्को बनाउने छु र फेरि राख्छु भनेर धम्कि दिन्थे । उनले मुद्दामा आर्थिक क्षतिपूर्ति तथा अनलाईबाट उनको सबै पोर्नोग्राफिक फोटो तथा भिडियो हटाउन माग गरेकी थिइन । ‘म सामान्य जीवन बाँच्न चाहान्छु,’ उनले भनेकि छिन्, ‘मेरोबारे अस्लिल चियोचर्चा भएको हेर्न मन छैन । ’ यसै महिना, स्टेट डिस्ट्रक न्यायाधिश मार्टिन ज होफमान्यानले पूर्व पति टोमलाई बिन्दूको सबै भिडियो तथा फोटो अनलाइनबाट हटाउन आदेश दिएका थिए । साथै, अदालतले ७२ लाख ५० हजार डलर (७२ करोड ५० लाख नेपाली रुपैयाँ) भन्दा बढि जरिबानाको समेत फैसला गरेको छ ।