पोखरामा एकै घरका चार जना मृत फेला

पोखरा-पोखराको एक घरमा परिवारका चार जना मृत भेटिएका छन् । वडा नम्बर १४ स्थिति घरमा आगलागी भएर चारै जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घरमुली सीता फालमगर, १० वर्षका छोरा सीमान्त, आमा गंगाकुमारी र दिदीकी छोरी बसन्ती रानामगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बीच तलाको कोठामा अागलागी भएको छ र त्यहाँ रहेका सबैको ज्यान गएको हो ।