ग्यास छैन, चुलो बाल्न डिजेलमा नुन !

काठमाडौं-भुकम्प पीडित र सर्बसाधारण नेपाली नाकाबन्दीको चर्को मारमा परेका छन् । पीडित जनसाधारणले पैसा तिरेर ग्यास र मट्टीतेलसमेत किन्न पाएका छैनन् । दैनिक भात भान्छाका चलाउन निकै हम्मे परेको छ । हिजोअाज एउटा नयाँ विकल्प अपनाउन थालिएको छ । चुलो बाल्न अब उनीहरू डिजेलको साहरा लिदैछन्।

डिजेलमा नुन मिसाएपछि मट्टीतेलजस्तै काम गर्छ भन्ने थाह पाएपछि पीडितहरू डिजेल किन्ने लाइनमा लाग्न थालेका छन् । हिजोअाज नेशनल ट्रेडिङका डिपोहरू र पम्पहरूमा सर्वसाधारण डिजेल किन्न पुग्ने गरेका छन् ।