धन लामाको गीति एल्बम बिमोचन भयो

न्यूयोर्क, डिसेम्बर २६ शनिवार /
युवाकवि तथा गीतकार धन लामाको नयां र पहिलो गीति एल्बम "तिम्रो आगमनमा" आज न्यूयोर्कमा एक समारोहका बिच औपचारिक रुपमा बिमोचन गरियो ।

नेपाली बाणिज्यदूतावास न्यूयोर्कका वाणिज्यदूत कृसु क्षेत्री, नाट्यकर्मी तथा प्राज्ञ हरीबहादुर थापा, गायक गम्बु शेर्पा र गीतकार धन लामाले संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो | सो गीति एल्बम बिमोचन कार्यक्रममा बिभिन्न चर्चित कलाकार, साहित्यकार, समाजसेवी, महिला तथा सज्जनबृन्दहरुको उल्लेख्य उपस्थिती रहेको  थियो |

 कार्यक्रममा गत डिसेम्बर १३ तारिखका दिन न्यूयोर्कको अफ ब्रोडवेमा सफलतापूर्वक मन्चन गरिएको नाटक "जोडियोस् भत्किएका मनहरु" का कलाकार तथा सम्पूर्ण टीमलाई आयोजक गीतकार धन लामाले सम्मान गर्नुभएको थियो ।