हिटलर बन्दैछन हाम्रा नेताहरु

सुशील चौधरी 
कुनै बेला अहिलेको जस्तो सिनेमा घर, टी.भी र मोबाइलको ज़माना थिएन । त्यतिखेर मनोरंजनको लागि गाउँघरमा नाटक देखाउने चलन थियो । त्यसै क्रममा सुल्ताना डाकू भन्ने नाटक खुबै देखाइन्थ्यो । त्यस नाटकमा सुल्तान भन्ने सानो बालक बरालिएर बाल्यकालमा छिमेकीको घरबाट चक्कु( छुरा) चोरेर ल्याउँछ र सुटुक्क आमालाई देखाउँछ ।

चोरेर ल्याएको थाहा पाउदा पाउदै पनि आमाले छोरा (सुल्ताना)लाई त्यसो गर्नबाट रोक्नुको सट्टा खुशी हुँदै -" मलाई तरकारी कॉटन कस्तो गाह्रो भा थियो, धेरै राम्रो गरिस्" भन्दै  हौसला दिन्छ ।

यो क्रम बढीरहन्छ | सुल्तानाले चोरिरहन्छ | आमाले धन्यबाद दिईरहिन |

चोरीका धन लगायत अनेक सामग्रीले परिवारको तड़क भड़क नै बढ्छ । यही क्रम चल्दै जान्छ र बालक सुलतान एउटा कुख्यात डाका अर्थात् 'सुल्ताना डाकू' बनेर त्यो भेगमा देखा पर्छ ।

समयसँगै अपराध पनि बढ्दै जान्छ | अपराधको प्रकृति  बढछ | अंततः एक दिन डाकु प्रहरीसँगको मुठभेडमा मारिन्छ । तर संयोगले मर्ने बेलामा आमा छोराको बार्तालाप हुन्छ |

छोरा सुल्तानाले आमासंग गुनासो गर्दै भन्छ, " आमा ! यदि पहिलो चोरीमै रोकेर मलाई सही बाटो देखाउनु भएको भए हामी लगायत हाम्रो समूहको यो दुर्दशा हुने थिएन !"

भन्न के खोजिएको हो भने अहिले हाम्रो देशको अवस्थामा त्यही डाकु सुलतानाको कथा दोहोरिएको छ ।

डाकुको भूमिकामा आफूलाई हाल उदयमान नव राजा र युबराज ठान्ने नश्लबादीहरुका मुखियाहरु छन् भने आमाको भूमिकामा ती अत्याचारीहरुलाई उचालने तथा हौसला दिने तिनकै समूह छन् ।

समय जब पूरा हुनेछ तब ती अत्याचारीहरुको जे दुर्गती हुनेछ त्यो त हुनेनै छ । साथै ती डाकाहरुको पछि लागेर असंख्यको पनि त्यही नै गति हुनेछ ।

अहिले हाम्रा देशका नेताहरु हिटलर बन्ने धुनमा छन् | प्रजातन्त्र यिनीहरुको न सोचमा छ, न ब्यबहारमा | हुँदा हुँदा यिनको बोलि पनि निरङ्कुश हुदै गएको छ | सबैलाई यसो भन्न खोजिएको होइन | तर नेपालमा आजको दिनमा समस्या समाधान गर्ने छोडेर कुर्सि बचाउनका लागि जे पनि गर्ने र जे पनि बोल्नेहरुको बिरोध नगरी रहन सकिदैन |

 इतिहांस साक्षी छ कि दुनियाको भूमिमा ऱ्याल काढ्दै आफ्नो साम्राज्य बिस्तार गर्ने धुनमा लाखौलाई ग्यास च्याम्बरमा हालेर मार्ने क्रूर हिटलरले पनि आफ्नो कुकर्मको सजाय आफू एक्लैले पाएको होइन, सम्पूर्ण जर्मनीको भबिष्य नै अंधकार पारेर गयो ।

त्यसैगरी आफ्नो साम्राज्य बिस्तार गर्ने होडमा निर्दोष चीन तथा अमेरिकामा बितन्डा मच्चाउने जापान अंतत हिरोशिमा र नागासाकीमा त्यसको दुष्परिणाम परमाणु बमको संहारले भोग्नु पर्यो ।

समय लाग्न सक्छ तर अंतमा निसाफ अबश्य हुन्छ । यही नै सत्य हो | र, सत्य अनेक हुदैन एक मात्र हुन्छ ।

हाल: सिकागो, अमेरिका |