अझै पनि घरको दैलो पोत्छिन् प्रधानसेनापति पत्नी रीता


डम्बर अधिकारी 

दमौली १५ पुस ।

धेरैलाई लाग्न सक्दछ प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पत्नी एवं सैनिक श्रीमती संघकी अध्यक्ष रीता क्षेत्री ठाटबाटका साथ आफ्नी जीवन बिताई रहेकी होलिन् । यदि कसैले त्यो सोच्दछ भने त्यो भ्रममात्र हुनेछ । किनकि प्रधानसेनापति पत्नी क्षेत्री सामान्य नेपाली नारीले जस्तै आफ्नो दैनिकी बिताउने गरेकी छन् ।

केही दिन अगाडि प्रधानसेनापति राजेन्द्र क्षेत्रीको जन्मथलो चोकचिसापानी आइपुगेकी प्रधानसेनापति पत्नीसंग कुराकानी गर्दा सो कुराको खुलासा भएको हो ।कुराकानीका प्रधानसेनापति पत्नी श्रेत्रीले बताए अनुसार उनी अझै पनि आफ्नो घरको दैलो पोत्ने गर्दछिन् । कुराकानीका क्रममा प्रधानसेनापति पत्नी क्षेत्रीले प्रधानसेनापति कै पत्नी भएपनि आफू घरको बुहारी भएको हुँदा दैलो पोत्ने देखि अन्य काम गर्न कुनै हिनता बोध नहुने बताएकी थिइन् । 

गाउँ आउँदा पनि दैलो पोत्नु भएको छ भनि जिज्ञासा राख्दा प्रधानसेनापति पत्नी क्षेत्रीले गाउँको घर आफ्ना परिवारका सदस्यले धेरै पहिला छाडि सकेको हुँदा गाउँमा आएर बस्ने मेसो नमिलको हुँदा गाउँको घर दैलो चाहि नपोतेको श्रीमती क्षेत्रीले बताइन् ।काठमाण्डौंको घरको दैलो प्राय म पोत्छु प्रधानसेनापति पत्नी क्षेत्रीले भनिन् । घरको दैलो पोत्नुका अलावा अन्य कामहरु समेत आफूले गर्ने गरेको क्षेत्रीले बताएकी थिइन् ।

त्यस्तै बुहारीको हिसाबले आफूले गर्नुपर्ने आदार सत्कार समेत कुनै कञ्जुस्याई नगर्ने प्रधानसेनापति पत्नी क्षेत्रीले बताएकी थिइन् । गाउँमा मैले मान्नु पर्ने धेरै मान्यजनहरु हुनुहुन्छ उहाँहरुले मैले हिजो पनि मानेकी थिए र आज पनि मान्छु र भोलि मान्ने छु प्रधानसेनापति क्षेत्रीले कुराकानीका क्रममा भनिन् । प्रधानसेनापति जस्तो व्यक्ति श्रीमान पाउनु आफ्नो भाग्य भएको समेत प्रधानसेनापति पत्नीले कुराकानीका क्रममा बताएकी थिइन् ।


प्रधानसेनापति पत्नी क्षेत्री घरको धन्दा लगायत सैनिक श्रीमती संघलाई समेत समय निकाल्ने गरेकी छन् । सैनिक श्रीमती संघ मार्फत द्धन्द पीडित सैनिकका परिवारलाई विभिन्न सीप मुलक तालिम देखि राहत वितरण कार्यहरु गर्दे आईरहेको प्रधानसेनापति पत्नी क्षेत्रीले बताइन् । सैनिक श्रीमती संघ मार्फत अझ थप कार्यक्रमहरु लिएर आउने तयारी गरिरहेको समेत क्षेत्रीले बताइन् ।