क्यालिफोर्नियाको सन्नीभेलमा एनआरएनको अनौपचारिक भेटघाट सम्पन्न

क्यालिफोर्निया/ डिसेम्बर २९

ग़ैर आवासीय नेपाली संघ, अमेरीकाका  सभापति डा. केशव पौडेलले क्यालिफोर्नियाको सन्नीभेलमा आयोजित एक अनौपचारिक भेटघाट कार्यक्रममा एनआरएनका च्याप्टर सभापति लगायत सम्पूर्ण कार्य समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको छ।

सो अवसरमा बोल्दै सभापति डा. केशव पौडेलले क्यालिफोर्नियाका एनआरएनहरुको एकताको प्रशंसा गर्नुका साथै ग़ैर आवासीय नेपाली संघ, अमेरीकाले गरेका हरेक कार्यक्रममा सहयोग गरेकोमा धन्यबाद समेत ब्यक्त गर्नु भयो |

पौडेलले बर्तमान कार्यसमितिले गरेका कामहरुको जानकारी गराउनुका साथै भावी कार्ययोजनाका बारेमा पनि बोल्नुहुदै क्यालिफोर्निया क्षेत्रबाट पहिले जस्तै सहयोगको अपेक्षा गरेको बताउनु भयो |

 डा. पौडेल आफ्नो पारीवारीक भेटघाट तथा घुमघामका क्रममा उक्त वे एरियामा केही दिनदेखी रहनु भएको थियो । डा. पौडेल आफ्नो छोरा र श्रीमतीका साथमा क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा आउनु भएको हो ।


उक्त भेटघाट तथा परिचयात्मक कार्यक्रममा एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष डिल्ली भट्टराई, एनआरएन अमेरिकाका सचिव शंकर खड्का, एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्ले, एनआरएन क्यालिफोर्नियाका सभापति पूर्ण वानिया, जन सम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, जन सम्पर्क समिति अमेरिकाका सचिव ईश्वर सापकोटा, समाजसेवी हरिहर दाहाल, समाजसेवी उत्तम कार्की, सन्नी समाजका सभापति वलराम पाण्डे, रबी अधिकारी, प्रतिक पाण्डे, जन सम्पर्क समितिका उपाध्यक्ष नारायण खनाल र  लक्ष्मी कार्कीको पनि उपस्थित थियो ।