सर्बोच्चले सोध्यो- कनकमणि दिक्षितको सम्पत्ति किन छानविन गरेको ?

काठमाडौं–सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दिक्षितको सम्पत्ति छानविन गर्नुको कारण माग गरेको छ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशले दिक्षितले हालेको रिट उपर सुनुवाई गर्दै यस्तो आदेश गरेको हो।

पुस  २९ गते सर्वोच्चमा दायर भएको मुद्दामा १३ दिनपछि सुनुवाई गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग कारण माग्ने निर्णय सुनाएको छ।
सर्वोच्चले अकुत सम्पत्ति सम्बन्धी अनुसन्धानको विषयमा छलफलका लागि सर्वोच्च आउनसमेत भनेको छ।

कानूनबाहिर गएर अख्तियारले व्यक्तिगत सम्पत्तिको विवरण माग्ने काम गरेको भन्दै साझा यातायातका अध्यक्ष तथा वरिष्ठ पत्रकार दिक्षितले सर्वोच्चमा रिट दर्ता गराएका थिए।