जापानबाट सिधै अमेरिका जान सकिने


ह्यापी बन्धु 'विश्व'
जापानबाट नेपालीहरु अब सिधै अमेरिका जान सक्ने भएका छन् । अधिकांस नेपाली लगायत सबै देशहरु को सपनाको देश अमेरिका जाने सपना अब जापानबाट सुर्या कर्पोरेसन जापानले पुरा गर्ने भएको छ ।

जापानमा कुनै पनि भिजामा रहेका (भाषा विद्यार्थी, कुक, डिपेन्डेन्ट,बिजनेसम्यान ) जो कोहि विदेशिहरूले कानुनी रुपमै जापानबाट अमेरिकाका लागि आवेदन दिन सकिने सुर्या कर्पोरेसन जापानले बताएको छ । अन्य मुलुकबाट अमेरिका जान चाहे पनि सम्भावना कम भएकाले उक्त सम्भावना अव जापान आएका विदेशिहरूकालागि भने प्रक्रिया पुर्याएमा त्यति कठिन नरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले बताए ।

जापान वा स्वदेशबाट ब्याचलर सकेका विदेशीहरुलाई जापानमा कामको लागि स्युस्योकु भिजा दिलाउने कार्य गर्दै आईरहेको सुर्या कर्पोरेसन जापानले यसपालि टुरिस्ट, बिजनेस र स्टुडेन्ट भिजामा अमेरिका जाने प्रक्रियाका लागि जापानको फुकुओका, हिरोसिमा, ओसाका, सिजिओका, नागोया र टोकियो लगायतका स्थानमा छुट्टाछुट्टै सेमिनार गर्ने भएकोछ ।

सेमिनारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिंदै भिसा प्रक्रियाको लागि आवस्यक ब्याँक ब्यालेन्स, इन्भिटेसन, ग्यारेन्टर, स्पोन्सर देखि ईन्टरभ्यु सम्म सम्पूर्ण कागजपत्र बनाउने प्रक्रियामा प्रोफेसनल्ली सहयोग पुर्याउने कर्पोरेसनले बताएकोछ ।

मात्र १५ दिनको प्रोसेसिंग अबधि रहेको र नयां वर्ष २०१६ को जनवरी १ बाट कर्पोरेसनमा सम्पर्क गरि प्रक्रियाको सुरुवात गर्न सकिनेछ । जापानको जुन कुनै स्थानमा रहेता पनि आवस्यक कागजात कम्पनिको ठेगानामा पोस्ट गरेमा सम्पर्कको माध्यमबाट नै सजिलै प्रोसेसिंग गरि ५ बर्षको भिजा आवेदन दिन सकिनेछ ।