रुपन्देही समाज जापानको नयाँ बर्ष कार्यक्रम सम्पन्न

तस्बिर: समुन्द्रपारी डटकम 
ह्यापी बन्धु 'विश्व' 
जापान, डिसेम्बर २८ /


नेपालमा रुपन्देही घर भई हाल बिभिन्न शिलशिला जापानमा रहनु भएका रुपन्देहीबासिहरुको संस्था रुपन्देही समाज जापानले  नयाँ वर्षा २०१६ को अवसरमा भब्य कार्यक्रमको आयोजना सम्पन्न गरेको छ |


समाजको नियमित बैठकलाई सबैको सल्लाहमा रात्री भोज कार्यक्रमको आयोजना गरि व्यापक बनाईएको थियो |

जापानमा रहेका रुपन्देहीबासीको आपसी एकता र सम्बन्धमा वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको आयोजकले बताएका छन् |

यहि बैठकले समाजको रिक्त रहेको महासचिव पदमा कासीराम न्यौपानेलाई सर्बसम्मत चयन गरेको छ | समाजका अध्यक्ष पशुपति गिरिको सभापतित्वमा कार्यक्रम भएको थियो |
तस्बिर: समुन्द्रपारी डटकम 
उक्त कार्यक्रमको प्रमुख अतिथि समाजका सल्लाहकार द्वय महेन्द्र रायमाझी र भिम न्यौपाने हुनुहुन्थ्यो |

समाजले केहि समय अगाडी एनआरएन जापानको कार्यक्रममा आउनु भएका कलाकारहरु मदनकृष्ण र हरिवंशलाई सम्मान पनि गरेको थियो |