नेपाली पोषाक लगाएर विदेशी नयाँ बर्ष मनाइने

काठमाडौं-अंग्रेजी नयाँ वर्षका दिन नेपाली पोषाक लगाउन अाव्हान गरिएको छ । नयाँ बर्षका दिन १ जनवरीमा कम्तिमा एक दिन शीरमा नेपाली पोषाक नभए नेपाली टोपी लगाउन आह्वान गर्दै युवाहरुले स्वतस्फुर्त अग्रसरता लिएर सामाजिक सञ्जालमार्फत अभियान चलाएका छन् ।

‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका नेपाली टोपी दिवस मनाउन लागिएको हो ।

अघिल्ला वर्षहरुमा पनि यस्तै अभियान अंग्रेजी नयाँ वर्षकै दिन गरिएको थियो ।

उक्त दिन राजधानीको माइतीघर मण्डलामामा नेपाली पोषाकसहितको प्रदर्शन गरिने छ ।