बाल्टिमोरको नेपाली समुदायमा क्रिसमसको कार्यक्रम



क्रिसमसको अवसरमा बाल्टिमोरको नेपाली र भुटानी नेपालीहरुले संयुक्त रुपमा संचालन गरेको बाप्टिस्ट चर्चमा एक बिशेष कार्यक्रम सम्पन्न भयो |

सो अवसरमा नेपालीहरुको प्रतिनिधित्व गर्दै यस क्षेत्रका महाबाणिज्य दुत प्रेमराजा महतले नेपालीहरुमा रहेको सहिष्णुताको प्रशंसा गर्नु भयो  | हरेक धर्मलाई सम्मान गर्ने नेपाली जातिको पहिचान नै भएको पनि उहाँले उल्लेख गर्नु भएको थियो

कार्यक्रममा पास्टरहरु डा. मनोज श्रेष्ठ, अर्जुन हमाल लगायतले बोल्नु भएको थियो | कार्यक्रममा सहभागी बाल्टिमोरका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो | कार्यक्रममा नेपाली र भुटानी समुदायका झन्डै ३ सय जनाको उपस्थिति रहेको थियो |

सो अवसरमा बालबालिकाले नृत्य प्रदर्शन गरेका थिए भने अन्य स्थानीय कलाकारहरुले येशु सम्बन्धि गीतहरु प्रस्तुत गरेका थिए |

तस्बिरहरु: राजेन्द्र सेन्चुरी