नेपाली जनसम्पर्क समिति अमेरिकाको विस्तार

नेपाली जनसंपर्क समिती, अमेरिकाकानेअध्यक्ष आनन्द बिष्टले आज समितिको सल्लाहकार समिती तथा केही बिभागहरु गठन गर्नुभएको छ ।

सभापति बिष्टद्दारा जारी बक्तब्य :
मिति: डिसेम्वर २६, २०१५ |
विषय: सल्लाहकार र विभागीय प्रमूखहरुको मनोनयन गरिएको बारे |
यस समितिको विधानको दफा २२ र केन्द्रीय समितिको डिसेम्वर १९ को बैठकको निर्णय अनुसार,केन्द्रीय समितिलाई संगठनको हितमा आवश्यक सल्लाह प्रदान गर्नका लागि तपसिल बमोजिमको ३१ सदस्यीय सल्लाहकार समितिको गठन गरिएको छ | नेपालमा रहँदा मातृपार्टी नेपाली कांग्रेसको विभिन्न नेतृत्वदायी भूमिकामा बसेर जिम्मेवारी बहन गर्नु भएका र हाल अमेरिकामा पनि नेपाली जनसम्पर्क समितिको सांगठनिक हितका लागि निरन्तर क्रियाशील रही आउनु भएका समितिका सदस्यहरुको योगदानको उच्च सम्मान गर्दै यसरी सल्लाहकार चयन गरिएको छ |
समितिको हित र सांगठनिक गतिविधिमा सबै सल्लाहकारहरुबाट समितिले निरन्तर सल्लाह र सुझाव प्राप्त गरिरहनेछ भन्ने विश्वासका साथ मनोनित सबै सल्लाहकारज्यूहरुलाई यो मनोयनको घोषणासँगै हार्दिक बधाई ज्ञापन गर्दछु | सल्लाहकार समितिको कार्यकाल वर्तमान केन्द्रीय समितिको कार्यकाल अवधिभर रहनेछ |
तपसिल
१. श्री भोजराज कँडेल – क्यालिफोर्निया
२. श्री विनोद मोक्तान – पेन्सिलभेनिया
३. श्री बुद्धि लामिछाने – कोलोराडो
४. श्री पदम रावल- क्यालिफोर्निया
५. श्री निर्मल गौचन- क्यालिफोर्निया
६. श्रीमती सीता कोइराला – टेक्सास
७. श्री मुकुन्द ढुंगाना – क्यालिफोर्निया
८. श्री शिव भुर्तेल – रोड आइल्याण्ड
९. श्री उमा शाह – मेरिल्याण्ड
१०. श्री विद्यासगर योञ्जन- क्यालिफोर्निया
११. श्रीमती पियुष दाहाल – क्यालिफोर्निया
१२. श्री वंशलाल तामाङ्ग – न्यूयोर्क
१३. सुश्री टिका चौधरी – क्यालिफोर्निया
१४. श्री अर्जुन बन्जाडे (पीएचडी) – टेक्सास
१५. श्री विजय शर्मा- म्यासाचुसेट्स
१६. श्री आङ्दावा शेर्पा- न्यूयोर्क
१७. श्री विनोद शाह (एम.डी.) – न्यूयोर्क
१८. श्रीमती निर्मला उप्रेती- भर्जिनिया
१९. श्री आमोद पोखरेल (पीएचडी) – क्यालिफोर्निया
२०. श्री आनन्दकृष्ण घिमिरे- मेरिल्याण्ड
२१. श्री मिङ्ग्मार शेर्पा- न्यूयोर्क
२२. श्री चन्द्रशेखर यादव – टेक्सास
२३. श्री कृष्णबहादुर विष्ट- न्यूयोर्क
२४. श्री निजानन्द मल्ल- फ्लोरिडा
२५ . श्री हरिनारायण सापकोटा- न्यूयोर्क
२६. श्री सानुबाबु सिलवाल – नर्थ क्यारोलिना
२७. श्री अमृत सापकोटा- टेक्सास
२८. श्री उत्तम कार्की- क्यालिफोर्निया
२९. श्री पशुपति पाण्डे- वासिंगटन
३०. श्री भुवन आचार्य- टेक्सास
३१. श्री पुरुषोत्तम पाण्डे- कोलोराडो

यसैगरी समितिको कानुनी सल्लाहकारमा वरिष्ठ कानुनविद एवं समितिका पूर्व संयोजक श्री खगेन्द्र जीसीलाई मनोनयन गरिएको छ |
यसैगरी समितिको विधानको दफा २८ को उपदफा A (g) ले प्रत्यायोजन गरेको अधिकार र केन्द्रीय समितिको डिसेम्वर १९ को बैठकको निर्णय अनुसार गठित १३ विभाग मध्ये निम्न विभागहरुमा केन्द्रीय सदस्य मध्येबाट तपसिल बमोजिम प्रमूखहरुको मनोनयन गरेको छु | यस अघि सचिव भोजराज थोकर प्रमूख रहनु भएको अनुशासन समिति र कोषाध्यक्ष विजय थुलुङ्ग प्रमूख रहनु भएको आर्थिक समिति गठन गरिसकिएको जानकारी गराइन्छ | १३ विभाग मध्ये बाँकी विभागका प्रमूखहरुको पनि केही दिनभित्रै मनोनयन गरिनेछ | मनोनित विभागीय प्रमूखहरुबाट संगठनको हितमा अझ बढी सक्रियतापूर्वक काम हुने विश्वास लिएको छु | साथै विभागीय प्रमूखहरुले यथाशीघ्र विभागलाई पूर्णता दिई कार्य संचालन गर्नु हुनेछ |
मनोनित सबैलाई पुन: एकपटक हार्दिक बधाई व्यक्त गर्दछु |
तपसिल:
१. सांस्कृतिक विभाग: सुबास लामा
२. सञ्चार एवं प्रचार विभाग: गोकुल ढकाल
३. कानुन विभाग: पिताम्वर भुषाल
४. आदिवासी,जनजाति विभाग: लोक लामा
५. महिला विभाग: मान्ती शाह

धन्यवाद,
जय नेपाल |

आनन्द विष्ट
सभापति