राजदुत कार्कीले निकारागुवाका लागी पनि ओहोदाको प्रमाणपत्र बुझाउनु भयो



बिष्णु शर्मा 

वासिंङटन डिसी/ डिसेम्बर २२,

अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्नीले निकारागुवाका राष्ट्रपति डेनियल ओर्टेगा साभेद्रा समक्ष मानागुवास्थित राष्ट्रपति भवनमा आफ्नो ओहोदाको प्रमाणपत्र एक समारोहबीच शुक्रवार पेश गर्नु भएको छ ।

सो अवसरमा राष्ट्रपति डेनियल ओर्टेगाले राजदूत डा कार्कीलाई ओहादाको प्रमाण पत्र ग्रहण गर्दै बधाई दिनुभएको थियो । साथै राष्ट्रपति ओर्टेगाले नेपालका राष्ट्रपति एवं नेपाली जनतको निरन्तर शान्ति प्रगति र सम्बृद्धिका लागि शुभकामना सन्देश पु¥याउन आग्रह गर्नु भएको थियो ।

निकारागुवाका लागि समेत सहप्रमाण्करण हुनु भएका राजदूत कार्कीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको व्यक्तिगत सुख स्वास्थ्य एवं निकारागुवाका जनताको प्रगति एवं संम्वृद्धिका लागि पठाउनु भएको सन्देश सुनाउनु भएको दूतावासले जनाएको छ ।

 साथै, निकारागुवाका राष्ट्रपति  ओर्टेगाले नेपाल र निकारागुवावीचको द्धिपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विचार व्यक्त गर्नुभयो ।

यसैगरी डिसेम्बर १८ का दिन राजदूत डा. कार्कीले निकारागुवाको नेसनल एसेम्ब्लीका प्रथम उपाध्यक्ष महामहिम आइरीस मोन्टेनेग्रोसंगको भेटका अवसरमा प्रथम उपाध्यक्ष मोन्टेनेग्रोले दुई देशवीचका सांसदहरुवीच विचार आदानप्रदान एवं आपसी सहयोगका लागि पार्लियामेन्टरी फ्रेन्डसीप ग्रुपको स्थापना गर्ने इच्छा व्यक्त गर्नुभएको थियो।

यसैगरी, राजदूतले नेसनल एसेम्ब्लीका परराष्ट्र सम्बन्ध समितिका सभापति महामहिम यासिन्तो सुआरेजसँगको भेटका अवसरमा आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयहरुमा कुराकानी गर्नु भएको थियो |

,