दुध बोक्ने गाडीले तेल बोक्न थालेपछि...

झापा-काभ्रेको दूध बोक्ने ट्यांकर झापा पुगेर तेल अोसार्ने क्रममा ट्यांकरसहित दुईजनालाई प्रहरीले काँकडभिट्टाबाट पक्राउ गरेको छ ।

बा ३ ख २३७४ नम्बरको दुध बोक्ने ट्यांकर इन्धन लोड गरिरहेको अबस्थामा प्रहरीको फन्दामा परेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले काभ्रे नयाँ गाउँका कृष्णप्रसाद तिम्सिना र हरिप्रसाद बजगाइँ र ट्यांकर नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार तिम्सिना ट्यांकर मालिक हुन् भने बजगाईँ चालक हुन् ।