कलाकार संघको डी.सी. मेट्रो च्याप्टरको पहिलो बैठक सम्पन्न


नेपाली अमेरिकन कलाकार संघको डी.सी. मेट्रो क्षेत्रको कार्यसमिति गठन भएको केही दिनपश्चात समितिको पहिलो बैठक सम्पन्न भएको छ,अध्यक्ष तथा नेपाली चलचित्रकी चर्चित नायिका ऋचा घिमिरेको अध्यक्षतामा सम्पन्न ऊक्त बैठक महासचिव श्याम भट्टराईले सन्चालन गर्नुभयो |
संस्थाका केन्द्रीय अध्यक्ष सुमन बुढा मगर तथा संस्थाका नर्थ अमेरिका च्याप्टर संयोजक यम बरालको बिशेष ऊपस्थितीमा सम्पन्न भएको ऊक्त बैठकमा नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुको ऊपस्थिती रहेको थियो |

बैठकमा आऊने मार्च महिनामा होली हंगामा नामक भब्य कार्यक्रम गर्ने र बॉल्टिमोर भर्जिनिय, डिसि क्षेत्रमा रहने सबै कलाकारहरू लाई सदस्यता बितरण गर्ने,नेपाली अमेरिकन कलाकार संघको स्मारिकाको लागी सबै कलाकारहरूको विवरण संकलन गर्ने निर्णय गरिएको थियो र संस्थालाई अझै मजबुत बनाऊन बॉल्टिमोर भर्जिनिया क्षेत्रले ठुलो भूमिका खेल्ने कुरामा बिशेष छलफल भएको थियो |


,