अाज यसरी इन्धनका गाडी भित्रिए, मानाैं नाका खुल्यो

काठमाडौं-संभवत मधेस अान्दोलन सुरू भएयता मंगलबार भारतबाट सबैभन्दा बढी इन्धन भित्रिएको छ । मंगलबार दिनभरमा विभिन्न नाकाबाट २ सय बढी इन्धनका गाडी नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै डिजेल बोकेका गाडी छन् । पेट्रोल र ग्यासका गाडी तुलनात्मक कम छन् ।

भैरहवाको सुनाैली नाकाबाट ८० वटा सावरी भित्रिए । नेपालगञ्ज नाकाबाट ५५ वटा इन्धनका गाडी भित्रिएका छन् ।  जमुनाह नाकाबाट अन्य ७७ वटा इन्धनवहाक गाडी भित्रिए । कैलालीको गौरीफन्टा नाकाबाट ४० ट्यांकर, काँकडभिट्टाको मेची नाकाबाट १७ ट्यांकरहरू नेपाल भित्रिएका ति भन्सार कार्यालयहरूले जनाएका छन् ।

बिराटनगर नाकाबाट दिनभरमा १३ गाडी इन्धन अायो ।