नायिका सिवाकोटी दुर्घटनामा घाईते



नेपाली चलचित्रकी नायिका वर्षा सिवाकोटी सवारी दुर्घटनामा घाईते भएकी छिन ।

आफैले चलाएको स्कुटीवाट लडेर उनी घाईते भएकी हुन । अगाडी पट्टिको गाडी एक्कासी रोकिएपछि उनले पनि तुरुन्तै व्रेक लगाउँदा दुर्घटना भएको सिवाकोटीले संचारकर्मीलाई जानकारी दिएकी छन् ।

दुर्घटना लगत्तै उनलाई हस्पीटल लगेपनि खुट्टा सुन्निएको कारण उपचार हुन सकेको छैन । डाक्टरले खुट्टा फ्याक्चर भएको आसंका गरेका छन । अहिले घरमै आराम गरिरहेकी उनी भोली मात्रै हस्पीटल पुग्नेछिन ।

नाई नभन्नु ल २, पशुपति प्रसाद र सुव्वा साव लगायतका चलचित्रमा अभिनय गरिसकेकी सिवाकोटी अहिलेकी चल्तीकी नायिका समेत हुन ।
स्रोत: रंगपोष्ट