मन्त्रिपरिषदमा थपिए मन्त्री, कस्ले कुन मन्त्रालय पायो ?


काठमाडौं–प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। बिहीबार साना दलका केही नेतालाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेका हुन्। 

प्रधानमन्त्री ओलीले राप्रपाका दीपक बोहोरालाई मन्त्री बनाएका छन्। बोहोरालाई श्रममन्त्रालयको जिम्मेवारी तोकिएको छ।  यसैगरी नेपाल परिवार दलका एकनाथ ढकाल, विना विभागीय, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापाले विज्ञान तथा प्रविधि  र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। सबैमन्त्रीलाई बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन्।

यसअघि सरकारले दुई मन्त्रालय विभाजन गर्ने निर्णय गरेको थियो। विहीबार नै बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो। मन्त्रालय विभाजनसँगै मन्त्रालयको संख्या २८ पुगेको छ। सरकारले स्वाथ्य तथा जनसंख्या झिकेको छ भने विज्ञान प्रविधि तथा वातावरणबाट बातावरण झिकेर जनसंख्या तथा वातावरण मन्त्रालय बनाएको छ।  यसैगरी सहरी विकास मन्त्रालय विभाजन गरेर सरसफाइ तथा खानेपानी मन्त्रालय बनाएको थियो।

,