यी नयाँ शक्ति होइनन भुँईफुट्टा बर्ग हुन् -किशोर नेपाल (भिडियो अन्तरबार्ता)


नयाँ शक्तिलाई बरिष्ठ पत्रकार किशोर नेपालले हुण्डरीको संज्ञा दिएका छन्  | भने,"यो सामान्य बतास र हावाहुरी भन्दा फरक हो तर दीगो होइन |"

"अहिले सबै नयाँ शक्ति नै हुन् | कांग्रेस पनि नयाँ शक्ति नै हो |" नेपालले भने |

उनले थपे, "बाबुराम भट्टराई जस्तो पुरानो शक्तिको खम्बाले नयाँ शक्तिको नेतृत्व गर्नु वा अरु कोहि आउनु खासै ठुलो कुरा होइन | खाली नाम चलेका मान्छेहरु एक ठाउँमा ल्याउन खोजेका छन् | तिनीहरु सबैको ईतिहास जनतालाई थाहा छ की उनीहरुको सम्बन्ध कोसंग छ,  कसको प्रतिनिधित्व गर्छन र कुन बर्गका मानिस हुन् भनेर तिनीहरु सबैको ईतिहास जनतालाई थाहा छ |"

"म त उनीहरुलाई भुँईफुट्टा बर्ग भन्ने गरेको छु |" नेपालको निष्कर्ष थियो |

पत्रकार नेपालसंग द नेपाल टुडेका सतिश चापागाईं र शिव मल्लले देशको समसामयिक बिषयमा गरेको कुराकानी प्रस्तुत छ :

हेर्नुहोस किशोर नेपालसंगको अन्तरबार्ता

,