देश उत्तर कोरियाको बाटोतर्फ -प्रकाश श्रेष्ठ



चीन एक सर्वशक्तिमान राष्ट्र हो, यसमा कसैको दुईमत छैन |  हो ! त्यो राष्ट्र कम्युनिजमबाट खुल्ला अर्थतन्त्रमा विश्वबजारमा प्रतिस्पर्धामा आएको मुलुक पनि हो ।

हाल नाम मात्रको कम्युनिजम व्यवस्थालाई आत्मसाथ गरेको मुलुक हो भन्न सकिन्छ किनकी त्यो देशमा कम्युनिस्ट पार्टी बाहेक अरु प्रजातांत्रिक पार्टीको अस्तित्व स्वीकार गरिदैन |

अरु पार्टीमाथी संवैधानिक तवरबाटै प्रतिबन्ध छ । पार्टी खोल्न त के कुरा यसबारेमा छलफल र बहस गर्न पनि पाईदैन |

विभिन्न समयमा बहुदलीय व्यवस्थाको लागी आन्दोलन हुने गरे पनि त्यसको समाचार बाहिरी जगतमा आउन सक्दैन किनकी अन्तराष्ट्रीय जगतमा स्वतन्त्र संचार अभिव्यक्तीमा सेन्सर लगाईएको छ | यानी की सामान्यरुपमा अविकसित मुलुकका जनताको पहुँचमा रहेको सामाजिक संचारमाध्यम गुगल,फ़ेसबुक , ट्यूटर जस्ता आमसंचारका माध्यम सामान्य जनतालाई प्रयोगमा ल्याउन प्रतिबन्ध छ !

उत्तर कोरियाको सम्बन्धमा कुरा गर्ने हो भने जनताहरुलाई एउटा भ्रममा नजरबन्दमा राखिएको छ कि उत्तरकोरिया भन्दा अरु मुलुक झुर छन् | त्यहाँका राष्ट्रपति संसारमै उत्कृष्ट शासक हुन भन्ने पाठ पढाईन्छ | बाहिरी संसारसँग संचार संबन्ध पुर्णरुपमा विच्छेद गरिएको छ | साथै बाहिरी मुलुकका मानिसहरुलाई स्वतन्त्ररुपमा भ्रमण गर्ने अनुमति पनि दिईएको छैन | तसर्थ बाहिरी संसारलाई त्यस देशको बारे वस्तुस्थीती थाहा पाउन सक्ने अवसर छैन ।

अहिले नेपालको अवस्था पनि त्यस्तै छ | यस्तै किसीमले नेपालमा शासन व्यवस्था संचालन गर्ने हो भने ओली हैन , अरु ओलीभन्दा अझै अर्को आएपनि सरकारको जस्तोसुकै कामको राम्रो-नराम्रो, जे-जस्तो को पनि विरोध हुने छैन | अन्तराष्ट्रिय जगत पनि बेख़बर हुनेछ र चासोको बिषय पनि बन्ने छैन | चीन होइन उत्तर कोरियाको बाटोतर्फ  भने हामीले हिड्न शुरु गरे जस्तो छ |

 हामीले सामाजिक माध्यममा लेखेर मनको बहलाई मेटाउन पनि पाउने छैनौ । तर अहिले कै अवस्था सामाजिक संजालको प्रयोगमा सेन्सर नगरिएको अवस्था र पार्टी माथी प्रतिबन्ध नलगाएको अवस्था रहिरहने हो भने यो रबैया सधै चलिरहदैन | विगतमा अरुले गल्ती गरे भन्दैमा त्यो भन्दा कम गरिरहेछु भनी गल्तीलाई ढाकछोप गर्ने प्रवृती क्षम्य हुँदैन । तिमीलाई मन परोस् -नपरोस् सरकारले गरेका गल्ती-कमज़ोरी र अरु राजनैतिक दल-व्यक्तीहरु -जसले गरेका कमिकमजोरीलाई पर्दाफास हामी गरिनै रहन्छौ |

स्वदेशमा बसेपनि-बिदेशमा बसे पनि तर राम्रो कामलाई तारिफ़ गर्न पनि कन्जुसाई पक्कै गर्दैनौ । सबैको जय होस् !

हाल: अमेरिका 

, ,