जनकपुरमा चाैकी अाक्रमण, २१ पेट्रोल बम प्रहार ९५ घाइते

जनकपुर-आन्दोलनकारी र प्रहरीबीच जानकी चौकीनजिक भएको झडपमा ९५ जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार घाइतेमध्ये ४५ सुरक्षाकर्मी छन् ।

आन्दोलनकारीले जानकी चौकीलाई लक्षित गरी २१ वटा पेट्रोल बम प्रहार र प्रहरीलाई ढुङ्गामुढा गर्दा सुरक्षाकर्मी घाइते भएको बताउँदै उनले स्थिति नियन्त्रणका लागि २१ सेल अश्रुग्यास प्रहार गरिएको जानकारी दिए ।

त्यस्तै, आन्दोलनकारीतर्फ ५० जना घाइते भएको सद्भावना पार्टीका अध्यक्ष सञ्जय सिंहले बताए ।

,