माई नम्वर सिष्टमबाट नआत्तिन जापानवासीलाई सुझाब



ह्याप्पी बन्धु 'विश्व'

जापान, डिसेम्बर २८

जापान सरकारले सन् २०१६ जनवरीदेखी लागु गर्न लागेको माई नम्वर सिष्टम प्रणालीले जापानमा वस्ने नेपालीहरुको लागि समस्या पर्छ की भनेर यहाँ बस्ने धेरै आप्रबासीहरु डराई रहेका छन् | यसका कारण नेपालीहरुमा पनि चासो र चिन्ता छाईरहेको छ |

अब के हुने होला भन्ने केहि शंका र त्रास भईरहेका वेला जापानमा लामो समय बसेर अनुभव हासिल गर्नुभएका  डा. भुपालमान श्रेष्ठले नेपाली ब्यबसायी र  विद्यार्थीहरुलाई नआत्तिन सल्लाह दिनु भएको छ |

माई नम्वर सिष्टम जापान सरकारले करलाई व्यवस्थीत गर्न ल्याएको एऊटा व्यवस्था मात्र भएको र नेपाली विद्यार्थीहरु त्यति धेरै हतास नहुन जापानसम्वन्धी जानकार डा. भुपालमान क्षेष्ठले जानकारी दिनुभएको हो |

 त्यो सिष्टम जापानमा वसोवास गर्ने हरेक व्यक्तीका लागी जारी गरिने १२ अंकको कार्ड भएको र संस्थाका लागी भने १३ अंकको जारी गरिने जानकारी उहाँले दिनुभयो |

मुख्यत सरकारी निकायको कार्यक्षमता वृद्धि, नागरिकको सहजताका लागी र चाहिएको वखत ईन्टरनेटवाटै व्यक्तीका सवै प्रक्रकियाहरु जानकारी लिन सकिने वनाऊने ऊदेश्यका लागि जारी गर्न लागिएको पनि  उहाँले वताउनुभयो |

२/३ दिन काम गरेर पनि अनावस्यक तरिकाले थोरै आम्दानी देखाएर सरकारी सुविंधाहरु लिन खोज्ने जापानिजहरु नै बढ्न थालेकाले नियन्त्रणका लागी सरकारले यो प्रणाली लागु गर्न खोजेको डा. श्रेष्ठले बताउनु भयो |

माई नम्वर लिईसकेपछि अरुको हातमा परेर मिस युज नहोस् भनेर सचेत हुनका लागी जापानमा वस्ने नेपालीहरुलाई  डा. श्रेष्ठले सुझाव दिनुभएको छ |