सबैले फलेकै रुखमा त झटारो हान्ने हो - शेष घले




लन्डन, डिसेम्बर २८ /

लन्डन, डिसेम्बर २८ /

एनआरएन यूकेले नेपालमा एनआरएन भवन निर्माणका लागि हिजो एक कार्यक्रम सम्पन्न गरेको छ |

कार्यक्रममा  एनआरएनका अध्यक्ष शेष घले श्रीमती सहित उपस्थित थिए | घलेले उपस्थित समुदायका बीचमा सारगर्वित मन्तब्य पनि ब्यक्त गरे | आफ्नो मन्तब्यका क्रममा घलेले कसैलाई गालि त गरेनन तर आफूप्रति आफ्नै कार्य समितिका साथीहरुले गरेको प्रचारबाजी गलत रहेको भन्न पछि परेनन् |

उनले भने "मलाई साथीहरुको कुरामा दुख लागेको छैन किनकि सबैले फलेकै रुखमा त झटारो हान्ने हो |" उनले बिरोध पनि सहि र तथ्यमुलक हुनु पर्ने तर्क राखेका थिए |

उक्त कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग संकलन समेत गरिएको थियो |

कार्यक्रममा अमेरिकाबाट एनआरएनका उत्तर अमेरिका क्षेत्रिय संयोजक सोनाम लामाको सहभागिता रहेको थियो |

  कार्यक्रमपछि एनआरएन यूकेले प्रकाशित गरेको प्रेस बिज्ञप्ति :

आदरणीय सम्पूर्ण गैर आवासीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, 
प्रेस तथा संचार माध्यमका साथीहरु,

हिजो डिसेम्बर २८ तारिख २०१५ मा आईसीसी अध्यक्ष डा. शेष घेले ज्यूको विशेष आतिथ्यमा आयोजना गरिएको केन्द्रिय सचिवालय भवन निर्माणका निम्ति कोष संकलनको कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुड.को सभापतित्व गर्नुभएको उक्त कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि कार्यकारी नेपाली राजदुत तेज बहादुर क्षेत्री हुनुहुन्थ्यो भने श्रीमती जमुना घले पनि श्रीमानका साथ कार्यक्रममा सरिक हुनुहुन्थ्यो ।

उपाध्यक्ष योगकुमार फगामीले संयोजन गर्नुभएको, महासचिब बिक्रम लिम्बोले सन्चालन गर्नुभएको कार्यक्रममा अर्का उपाध्यक्ष हिराधन राईले हेल्थ एण्ड सेफ्टीबारे र महिला उपाध्यक्ष शान्ति थापा कुंवरले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र विशेष अतिथि एनआरएनए आइसीसी अध्यक्ष घलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा आइसीसी संरक्षक दिल गुरुङ, आइसीसी सल्लाहकार तथा विधान संयोजक डा. हेमराज शर्मा, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, पिजी शेर्पा, आइसीसी सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएनए युरोप संयोजक कुल आचार्य, अमेरिका संयोजक सोनम लामा, एनआरएनए युरोप उपसंयोजक प्रेम गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, डमर घले र महेन्द्र कंडेल, डेनमार्कबाट आइसीसी सदस्य सोम सापकोटा, यूकेबाट आइसीसी सदस्य कृष्ण तिमिल्सिना, नेपालबाट आएका युवा नेता सिजन गुरुङ लगायतले शुभकामना मन्तव्य दिनुभयो ।

कार्यक्रमको अवसरमा स्नेहा श्रेष्ठले गाएको एनआरएन गीत, विभिन्न कलाकारहरुको नृत्य तथा सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

काठमाण्डौंको बालुवाटारमा निर्माण हुन गइरहेको एनआरएनको केन्द्रिय सचिवालय भवनका निम्ति आवश्यक कोष संकलनको कार्यलाई पुर्णता दिन उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमबाट संकलित रकमबाट एनआरएन एनसीसीले उठाएको जम्मा रकम एक करोड नाघेको छ । यसमध्ये पुर्व कार्यसमितिले उठाएको ३७ लाख जोड हिजो संकलित रकम रहेको छ । नौलो दाताहरुको नामावाली कोषाध्यक्ष दीपक श्रेष्ठ तथा सहकोषाध्यक्ष ललित नेउपानेबाट तयार भएपछि चाँडै नै सार्वजनिक गरिनेछ ।

सम्पूर्ण दाताहरुज्यूहरु, प्रायोजकहरु, कार्यक्रममा सहभागी जनहरु, रेडियो राइनो र गोर्खा च्यानल लगायत अन्य मिडियाहरु र यस् कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सबैलाई अध्यक्ष श्री मुछेत्र गुरुङ लगायत एनआरएन यूकेको कार्यकारिणी समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

प्रवक्ता
एन आर एन यूके
अल्डर्सट, बेलायत ।