बाल्टिमोरमा रामकृष्णको कार्यक्रम हुने

चर्चित आधुनिक गायक रामकृष्ण ढकाल आफ्नो प्रस्तुति लिएर बाल्टिमोर आउने भएका छन् |

यहि जनवरी ३ तारिखका दिन बाल्टिमोरको लुम्बिनी रेष्टुरेन्टमा उक्त कार्यक्रम हुने आयोजकले बताएका छन् |

कार्यक्रमको बिस्तृत जानकारीको लागि स्थानीय गायक दिनेश भण्डारीलाई सम्पर्क गर्न सकिने पनि आयोजकले जनाकारी दिए |

यो कार्यक्रममा गायक भण्डारीको पनि प्रस्तुति रहने छ |