अब नाका अबरोध हट्ने

काठमाडौं–चार महिना भन्दा बढीको आमअड्ताल र तीन महिनाभन्दा धेरै समयदेखि नाकामा अबरोध जारी राखेको आन्दोलनरत मधेसी मोर्चाले पुस १९ पछि नाकाको अबरोध हटाउने विषयमा पुर्नविचार गर्न सकिने जनाएको छ।

मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले पुस १९ सम्म मोर्चाको घोषित कार्यक्रम रहेकाले त्यसपछि नाकाको अबरोध अन्त्य गर्ने विषयमा पुर्नविचार गर्न सकिने बताएका हुन्।  मंगलबार रिपोर्टस क्लबको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले पुस १९ पछि नाकाको अबरोध खोल्ने विषयमा पुर्नविचार गर्ने बताएका हुन्।

यसअघि मोर्चाको आइतबार बसेको बैठकमासमेत नाकाको अबरोध हटाउने विषयमा छलफल भएको थियो।  ठाकुरले सरकराले विश्वासिलो आधार दिए तीन महिनाभित्र राजनीतिक समितिमार्फत सीमाकंन टुंगो लगाउने विषमया समेत मोर्चा सकारात्मक हुने बताए। त्यसका लागि सरकारले अहिले नै गृहकार्य थाल्नुपर्ने उनको भनाइ थियो। ‘तीन महिनाभित्र सीमाकंन टुंगो लगाउने विश्वासिलो आधार केहो ?’, ठाकुरले भने,‘सरकारले विश्वासिलो आधार दिनुपर्छ र त्यसको लागि गृहकार्य सुरु गर्नुपर्छ।’