मधेशको समस्या कांग्रेसले मात्र समाधान गर्न सक्छ -उमाकान्त चौधरी



प्रमोद सिटौला 
न्युयोर्क, डिसेम्बर २६ /

जन सम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टरद्वारा आयोजित नेपाली काङ्रेस, तराई मधेश र सघियताबारेको अन्तर्कृया सनिबार न्युयोर्कमा सम्पन्न भएको छ |

कार्यक्रम नेपाली काङ्रेस केन्द्रिय सदस्य, तराई मधेस बिभाग प्रमुख तथा पुर्ब स्वास्थ्य मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यमासम्पन्न भएको हो |

सो अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले मधेशको समस्या कांग्रेसले मात्र समाधान गर्न सक्छ भन्नुभयो । उहाँले मधेशको वर्तमान नाकाबन्दीले मधेशका जनताका जायज मागहरु ओझेलमा पर्न थालेको बताउनु भयो |

जनसम्पर्क समिति अमेरिकाका सभापति आन्न्द बिष्ट र  पुर्व संयोजक बिष्णु सुबेदीको अतिथिको रूपमा हुनुहुन्थ्यो ।

कार्यक्रममा जनसंपर्क समिति अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट, जनसंपर्क समिति अमेरिका पूर्व संयोजक विष्णु सुबेदी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) सभापति  ईसांग वाईबा तामांग,  जनसंपर्क समिति अमेरिका महासचिव मुनिन्द्र नेम्वांग, पूर्व महासमिति सदस्य वंशलाल तामांग, रिजुड नेपाली समाजका उपाध्यक्ष कृष्ण बहादुर बिष्ट र एन आर एनका महासचिव तिलक श्रेष्ठले सम्बोधन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य च्याप्टर उपाध्यक्ष अमर तामांग र च्याप्टर महासचिब महेश मल्लले कार्यक्रमको संचालन गरेका थिए।

 जनसम्पर्क समिति न्युयोर्कका सभापति रोशन ढुंगानाको अध्यक्षतामा कार्यक्रम भएको थियो |