क्रिसमस मनाउन जुटेको भीडमा ग्यास ट्यांकर विस्फोट, सयको मृत्यु

नाइजेरिया-नाइजेरियामा ग्यासले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा १ सयबढीको मृत्यु भएको छ। क्रिसमस मनाउन भीडभाड जुटेको क्षेत्रमा विस्फोट भएको हो । अाैद्योगिक क्षेत्रमा ग्यास भर्न र क्रिसमसको उत्सव मनाउन त्यहाँ उल्लेख्य स्थानीय जुटेका थिए ।

दक्षिणपूर्वी नाइजेरियाको बहुसंख्यक क्रिस्चियन अावादी रहेको अबुजा क्षेत्रमा विस्फोट भएको अन्तराष्ट्रिय संचार संस्थाले जनाएका छन्। विस्फोट पछि सो क्षेत्रमा अागलागी भएको थियो ।

ग्यास भरेपछि चिसिन नपाउँदै बाहिर निस्किएकाले ट्यांकर विस्फोट भएको अनुमान गरिएको छ । प्रत्यक्षदर्सीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले ट्यांकर बमझैं विस्फोट भएको उल्लेख गरेका छन् । विस्फोटपछि आगो लागेको थियो । उद्धारकर्ताहरु एक घन्टा ढिलोमात्र आइपुगेको र उनीहरु आउँदा १ सयजनाले ज्यान गुमाइसकेको पनि उल्लेख गरिएको छ ।