नासो कम्युनिटी अमेरिकाको शुभकामना

नासो कम्युनिटी अमेरिकाका अध्यक्ष गोपाल विश्वकर्माले नयाँ बर्ष २०१६ को अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ | उहाँको प्रेस बिज्ञप्ति जस्ताको तस्तै:


आदरणीय सम्पूर्ण महानुभावहरु,

सर्बप्रथम नयाँ बर्ष २०१६ को हार्दिक मंगलमय शुभकामना !

सधै जस्तै हामीले फेरि एक पटक हाम्रो भित्ताको पात्रो फेरेका छौं | सन् २०१५ लाई बिदाई गरेर सन् २०१६ को स्वागत गरिरहेका छौं | नयाँ बर्षले हामी सबैको घर आँगन र जीवनमा नयाँ जोश र उत्साह ल्याओस यहि शुभकामना ब्यक्त गर्दछु |

 सन् २०१५ भर्खर सकिएको छ | आजका दिनमा हामीले हिजोको मुल्यांकन गर्नु पनि जरुरी छ | सन् १५ ले हामी नेपालीहरुका लागि खासै सुखद संदेश दिन सकेन | हामीले बर्षौंदेखि लडदै आएको संबिधान सभा मार्फत संबिधान लेख्ने एउटा सपना साकार भएको छ | तर हाम्रा अगाडीका अरु ठुला समस्याले गर्दा यो सफलता समेत छायाँमा परेको छ | सन् २०१५ मा हामीले हाम्रो जीवनकाल कै सबैभन्दा ठुलो र भयाबह भुकम्पको सामना गर्नुपर्यो | जसले गर्दा हाम्रो मातृभूमी नेपालले ठुलो जनधनको क्षति व्यहोर्नु परेको छ |

यो क्षतीको पूर्ति हामीले बर्षौंसम्म गर्न सक्ने छैनौं | त्यसैगरी, भूकम्पले जस्तै धक्का हामीलाई भारतले लगाएको नाकाबन्दीले दिएको छ | यतिबेला देशका हरेक मानिसलाई मर्का परेको छ | आयस्रोत कम भएका नेपालीको लागि अहिलेको अवस्था अति नै कष्टपुर्ण छ |

हामीले आशा गरौँ, सन् २०१६ मा हाम्रा यी सबै संकटले पार पाउने छन् | हाम्रो दैनिकी फेरी पुरानै अवस्थामा फर्किने छ | देशमा पुनर्निर्माणका कामहरु जोडतोडका साथ् हुनेछन | सबै किसिमका समस्याहरु समाधान हुनेछन | संबिधानको कार्यान्वयन हुनेछ | सबै घाऊहरुमा मल्हम लाग्नेछन |

फेरी पनि नयाँ बर्ष २०१६ को हार्दिक मंगलमय शुभकामना छ |

गोपाल विश्वकर्मा
अध्यक्ष
तथा नासो परिवार