Exclusive Video-हेर्दाहेर्दै यसरी गोली लागेर ढले मोर्चा कार्यकर्ता


रौतहट-मधेसी मोर्चाको आन्दोलनका क्रममा गत आइतबार भएको प्रहरीसँगको झडपमा गोली लागि शेख तबरजेको मृत्यु भएको थियो ।

१७ वर्षीय शेखको पेटमा गोली लागेको थियो । उनलाई तत्कालै रौतहट जिल्ला अस्पताल गौर पुर्‍याइएको थियो । चिकित्सकले उनलाई तत्कालै मृत घोषित गरे । मृतक साह जुद्ध उच्चमावि गौरमा कक्षा १० मा अध्ययनरत थिए । मामा शेख ओमेससँगै उनी बिहानैदेखि मधेसी मोर्चाको आन्दोलनमा सहभागी थिए ।

सदरमुकाम गौरको बीपी चोकमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको झडपका क्रममा आन्दोलनकारीहरू तर्फबाट शेखले प्रहरीमाथि ढुंगा हानेका भिडियोको दृश्यमा देखिन्छ। दाैडेर प्रहरी तर्फ ढुंगा हान्न लाग्दा ड्याम्म अाबाज अाउँछ, शेख त्यही ढल्छन् ।

शेख भुँइमा ढलेपछि अान्दोलनकारी तितरवितर भएका देखिन्छन् । भुँइमा ढलेका शेखलाइ एकजना अान्दोलनकारीले लतारेर लगेका दृश्यमा देखिन्छ । पछिपछि प्रहरी दाैडेर जाँदै गरेको भिडियोमा देखिन्छ ।

हेर्नुहोस् दनेपालटुडेडटकमले संकलन र संपादन गरेको एक्सक्लुसिभ यो भिडियोः

,