विश्वविद्यालयका सात पदाधिकारी भ्रष्टाचारी ठहर

काठमाडौं– विशेष अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सात पदाधिकारीलाई भ्रष्टाचारी ठहर गरेको छ। विश्वविद्यालयका रजिष्ट्रार ठकेन्द्र गिरीसहित सातजनालाई विश्वविद्यालयको रकम भ्रष्टाचार गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै जरिवाना र कैद हुने फैसला सुनाएको हो।

रजिष्ट्रार गिरीलाई १ वर्ष ९ महिना कैद र ६ लाख ८२ हजार जरिवाना हुने फैसलामा छ।

भ्रष्टाचारी ठहर हुनेमा सुचन गौली, गणेश बहादुर राउत, , पारसमणी गिरी ,जिवनकुमार थापा गगनसिंह बोहोरा र लेखा नियन्त्रक कमल केसी रहेका छन्। गौलीलाई ७ महिना कैद र ३ लाख १७ जरिवाना , राउतलाई ७ महिना कैद र २ लाख ९३ हजार, गिरी ६ महिना कैद र १ लाख ७८हजार , थापा ६ महिना कैद र १ लाख ६ सय ८७ ,बोहोरा ६ महिना कैद र १ लाख ५८ हजार र लेखा नियन्त्रक केसी ७ महिना कैद तथा २ लाख ७३ हजार जरिवाना हुने फैसलामा छ।

विशेषले अख्तिायारले माग गरेकोबवमोजिमको विगो ठहर भएका कर्मचारीसँग असुल उपर गरी विश्वविद्यालयलाई भराउने फैसलासमेत विशेषले गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति पदमलाल देवकोटा सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सफाई पाउनेमा उपकुलपति देवकोटासहित नवराज कँडेल, केशरशिंह राना, श्रीरामप्रसाद उपाध्याय, मस्तवहादुर गरम्जा, रामचन्द्र अर्याल, पिताम्वर ढकाल, लालमणी आचार्य,गणेश बहादुर केसी रहेका छन्।