तीन दलको बैठक सम्पन्न, मोर्चासँग वार्ता हुँदै

काठमाडाैं-प्रमुख तीन दलसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा चल्दैछ।

मधेसी मोर्चाका तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश यादव वार्तामा सहभागी छन्। प्रमुख दलका शीर्ष नेताहरू पनि वार्तामा सहभागी छन्।

मोर्चामा सम्बद्ध राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले वार्ता बहिस्कार गरेको छ।
काठमाडाैं बाहिर भएका कारण उपेन्द्र यादव वार्तामा सहभागी छैनन्।

अाजै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको बैठक सम्पन्न भएको थियो।