पाकिस्तानको एक विश्वविद्यालयमा बन्दुकधारी र प्रहरीबिच गोली हानाहान

पाकिस्तान- पाकिस्तानको उत्तर पश्चिमी क्षेत्र चरसद्दामा रहेको एक विश्व विद्यालयमा बन्दुकधारीले आक्रमण गरेका छन् ।
चरसद्दाको बाचा खान विश्वविद्यालयमा स्थानीय समय अनुसार बुधबार बिहान साढे ९ बजे बन्दुकधारी प्रवेश गरेर अन्धाधुन्ध गोली प्रहार सुरु गरेका हुन् । अहिले पनि प्रहरी र बन्दुकधारीबिच गोली हानाहान भइरहेको छ ।

प्रहरीको कारवाहीमा दुई जना आक्रमणकारी मारिएका छन् । बन्दुकधारीले हानेको गोली लागेर कम्तिमा तीन जना घाइते भएका छन् ।
दुई वटा बम पनि विस्फोट भएको प्रहरीले बताएका छन् । प्रहरीले विश्वविद्यालय घेराउ गरेको छ । विद्यार्थी, प्राध्यापक तथा कर्मचारी उद्दारको पर्खाइमा छन् ।