डा. महतलाई अमेरिकामा स्वागत र सम्मान




सोमनाथ  हुँमागाई .

न्यूयोर्क, अमेरिका,  जनवरी २५ /

नेपाली जनसंपर्क समिति अमेरिकाले आज पूर्व अर्थ मन्त्री एवं नेपाली काँग्रेसका नेता रामशरण महत बेलायती  लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द बैंकर द्दारा उत्कृष्ट अर्थमन्त्री अर्थात ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६ अवार्ड’ बाट सम्मानित भएकोमा उहाँलाई स्वागत तथा वधाई ज्ञापन गर्न एक कार्यक्रमको आयोजना गरेको थियो ।

न्यू योर्कको ज्याक्सन हाईटमा रहेको स्थानीय शेर्पा किदुकको हलमा आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अथिती काँग्रेसका नेता रामशरण महतसंग न्यूयोर्कवासी नेपालीहरूले वर्तमान नेपालको समसामयिक राजनितिक अवस्थाको बारेमा एक अन्तरकृया समेत गरेका थिए ।

प्रमुख अथितीको रूपमा बोल्दै आफुले पाएको सम्मान सम्पूर्ण नेपाली र नेपाल राष्ट्रले पाएको महसुश गरेको महतले बताएका थिए | आफु पुरस्कृत हुनुको कारण नै भूकम्पछिको आफ्नो भूमिका भएको कुरा डा. महतले  राखेका थिए ।

धेरै समस्याहरूले बेरीएको हाम्रो मुलुकमा नेपाली काँग्रेसले अँगालेको खुला आर्थिक नीतिका कारणले मात्रै देश टिकिरहेको कुरा राख्दै, पहिले १३ अर्ब वार्षिक राजश्व भएको मुलुकमा अहिले करिब ५ सय अर्बको राजश्व भएको कुरा पूर्व अर्थ मन्त्री महतले वताएका थिए । मुलुकको समग्र आर्थिक विकासका लागि आर्थिकले मात्र होईन "नन इकोनोमिक फ्याक्टर्स’ पनि उतिकै जिम्मेवार हुने हुदाँ मुलुकमा शान्ति र राजनितिक  स्थिरताको अत्यावश्यक भएको कुरा मन्त्री महतले बताएका थिए । राजनितीमा उत्कृष्ट मान्छेको खोजी अहिलेको समयको माग भएकोले त्यस्तो व्यक्तित्व काँग्रेसको आउँदो १३औं महाधिवेशनले मुलुकलाई दिने कुरा डा. महतले ठोकुवा गरेका थिए ।

संम्युक्त राष्ट्र संघका स्थायी प्रतिनिधि महामहिम राजदूत दुर्गा भट्टराईले कन्सुलेट स्थापना गर्नमा पुर्व मन्त्री डा.महतको अति बिशेष भूमिका रहेको कुरा सबैलाई स्मरण गराएका थिए ।

नेपाली जनसंपर्क समिति अमेरिकाका पुर्व संयोजक खगेन्द्र क्षेत्रीले देशको विकास मानिसको दिमागले गर्ने भएको हुनाले डा. महतको दिमागलाई सिंगो राष्ट्रले प्रयोग गर्नु पर्ने कुरा वताएका थिए ।

निवर्तमान संयोजक विष्णु सुवेदिले मुलुकमा रोजगारी सृजना गर्ने खालका आर्थिक क्रान्तिको सुरूवात गरी युवा शक्तिलाई विदेश जानबाट रोक्नुपर्ने कुरा राखेका थिए ।

महाबाणिज्य दुत प्रमुख नारायण प्रसाद मैनालीले उत्कृष्ट अर्थमन्त्रीद्दारा उहाँलाई गरिएको सम्मानले सिंगो नेपाल र नेपालीको शिर उचो भएको कुरा वताएका थिए।

अन्य वक्ताहरूमा न्यूयोर्क च्याप्टरका उपसभापति कमला पन्त, एन. आर. एनका बरिष्ठ उपसभापति कृष्ण पोखरेल लगायत थिए | महतले स्थानीय पत्रकारहरु प्रदीप थापा मगर , भोला आचार्य र बिष्णु बैंजुले राखेका जिज्ञासाहरुको उत्तर दिएका थिए |
 
नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र बिक्रम नेम्बाङले संन्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका सभापति आनन्द बिष्टले गरेका थिए भने स्वागत मन्तव्य सचिव भोजराज ठोकरले गरेका थिए ।








,