सभापतिमा म पनि उठ्ने छु -सुजाता



पाल्पा, जनवरी १५ /

 कांग्रेस नेत्री सुजाता कोइरालाले तेह्रौँ महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने बताएकी छिन् ।

नेपाल प्रेस युनियनद्वारा शुक्रबार पाल्पामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेत्री कोइरालाले अहिले पार्टी नेतृत्वमा रहेका तीनैजना नेताको विकल्प खोज्नुपर्ने विचार प्रकट गरिन । विकल्पका रुपमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ थियो । पाल्पाली पत्रकारहरुसंगको भेटमा सुजाताले भनिन "यसपटक म पनि सभापतिमा उमेद्वारी दिन्छु |"

कोइरालाले भनिन् ‘अब विकास नै राजनीति हो । त्यसकारण भारत र चीनसँग पनि सम्बन्ध सुधार्दै जानुपर्छ ।’

आसन्न १३औँ महाधिवेशनमा युवा वर्ग अगाडि आउनुपर्नेमा उनको जोड थियो । छिट्टै स्थानीय निकायको निर्वाचन हुन लागेकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । रासस