गायिका रेखा शाह पक्राउ




काठमाडौँः ठगीको आरोपमा चर्चित गायिका रेखा शाह श्रीमानसहित पक्राउ परेकी छिन् । शाहलाई प्रहरीले आइतबार साँझ राजधानीबाट पक्राउ गरेको हो । शाह सँगै उनका श्रीमान इन्द्र गुरुङ समेत पक्राउ परेका छन् ।

प्रहरीले शाह दम्पत्तीले सन्दिपराज काफ्लेको नाममा लगानी गरेर चर्को ब्याज उठाउदै आएको आरोप लगाएको छ । काफ्लेका बुबा सुवासराजले गायिका शाह र उनका श्रीमानले धम्की दिएको भन्दै प्रहरीमा उजुरी गरेपछि आइतबार साँझ शाह दम्पत्ती पक्राउ परेका हुन् ।

गायिका शाहको ‘सिमसिमे पानीमा..’ बोलको गीत चर्चित छ ।

प्रहरीले शाह दम्पत्तीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि ढाएको छ ।

गायिका शाह र गुरुङ माथि ‘मिटरव्याजी’को आरोप छ । प्रहरीका अनुसार शाहले १० लाख रुपौयाँ दिएर ७० लाखको कागज गराएकी थिइन । काठमाडौं परिसर प्रवक्ता विश्वराज पोखरेलले शाह दम्पत्तीमाथी अनुसन्धान भइरहेको जानकारी दिए ।