पाकिस्तानमा पोलियो केन्द्रमा बम हमला, १५ को ज्यान गयो

पाकिस्तान-पाकिस्तानको क्वेटा शहरमा भएको एक धमाकामा १५ भन्दा बढी मारिएका छन्। २० बढी घाइते छन्। पोलियो केन्द्रमा बम प्रहार भएको हो।
क्वेटा शहरको स्याटलाइट टाउन छेउको पोलियो केन्द्रमा बुधबार बिहानै बम धमाका भएको हो। बम हमला पछि सुरक्षाकर्मीले घटनास्थल घेराबन्दी गरेर अनुसन्धान थालेको अन्तराष्ट्रीय सञ्चार माध्यमले जनाएका छन्।

क्वेटा र बलूचिस्तान क्षेत्रमा तीनदिने पोलियो उन्मुलन अभियान अन्तर्गत पोलियो थोपा खुवाउने कार्यक्रम चलेको थियो। बुधबार अन्तिम दिन पोलियो केन्द्रमा अभिभावक र बालबालिकाहरूको उल्लेख्य उपस्थिति थियो।