मैले देखेको शहर -सरगम भट्टराई


तश्करीको पेट्रोलले ट्राफिक जाम छ शहरमा, कतै दाउरा कतै ग्याँस,किन्ने लाम छ शहरमा । फरक भाछन मान्छेहरु, हिजो भन्दा आज धेरै, पैसावालले सवथोक पाउने,ठाम छ शहरमा । कागहरु कोईली बन्दै गाउँदै छन रे गीत अचेल, भ्रष्टहरुको चारैतिर ,छलछाम छ शहरमा । आफ्नै देसमा नाकावन्दी,मरिराछन मान्छेहरु, तश्करीको धनमालले धूमधाम छ शहरमा ।!

भृकुटी-६ कपिलवस्तु हाल : सिकागो अमेरिका