पुर्ब मिस नेपाल प्रेममा फस्दा




नेपाल फर्किएकी अभिनेत्री एवम मिस नेपाल २०११ मलिना जोशीको अमेरिका रहदाको प्रेम कथा अब भिडियोमा हेर्न पाइने भएको छ | करीब ५ महिना लामो अमेरिका भ्रमण सकेर मलिन केहि समय अघी मात्रै नेपाल पुगेकी हुन् |

नेपालमा उनको कोहि प्रेमी छ वा छैन थाहा छैन तर अमेरिकामा हुदाको प्रेमीको बारेमा भने एउटा भिडियो नै बनिसकेको छ | यो भिडियो निर्देशन गरेका हुन् निर्देशक सुरेश दर्पणले | तर उनको यो प्रेमकथा वास्तबिक भने होइन | यो आउदै गरेको एउटा गीतमा छायान्कन गरिएको फिल्मी कथा हो ।

नेपाली आधुनिक गीत संगीतका चिर-परिचित ब्यक्तित्व बरीस्ठ गायक लाक्पा शेर्पाको स्वर , चर्चित संगीतकर्मी नरेन्द्र प्यासीको संगीत अनी गीतकार पासाङ शेर्पाको शब्दमा रहेको सुमधुर गीत  'साँझ ढलेको थाहै भएन ' को म्युजिक भिडियो तयार भएको छ । त्यसमा मलिनालाइ एउटा प्रेमिकाका रुपमा देखाईएको छ |

न्युयोर्कका चर्चित स्थानहरु टाईम्स स्क्वायर, ब्रुकलिन ब्रिज लगायतका स्थानहरुमा छायान्कन गरिएको यो भिडियो नया बर्ष २०१६ को अवसर पारेर  रिलिज गरिसकिएको छ ।

 मलिना जोशी र न्युयोर्ककै मोडेल पिटर श्रेष्ठको अभिनय रहेको यो भिडियोलाई शम्भु मोक्तानले खिच्नु भएको हो भने भरत रेग्मीको सम्पादन अनी सुरेस दर्पण पोखरेलको निर्देशन रहेकोछ ।

एक प्रेमी जोडीको सफल दाम्पत्य जिवनलाई सरल र मिठो रुपमा प्रस्तुत गरिएको यो भिडियोमा मलिना र पिटरले युवा देखी बृदाअवस्थासम्मको जिवन्त अभिनय गरेका छन । गीतका शब्दहरु अनुसार भिडियो सान्दर्भिक बनेकोले यो गीत र भिडियो दुबैलाई दर्शक श्रोताहरुले मन पराउने बिश्वास गीतकार पासाङले ब्यक्त गरेका छन ।