सिरियामा भोकमरी, कुकुर बिरालो पनि खाएर सकियो अब के खाने?

दमास्कस–मध्यपूर्वी मुलुक सिरियामा भोकमरीले चरम रूप लिएको छ। आतंकका कारण गृहयुद्धमा फसेपछि सिरियाली जनतालाई आफ्नो पेट भर्न खाने कुरा छैन। यस्तो चरम संकट अाइलागेको छ कि यहाँको मडाया शहरमा मानिसहरूले कुकुर र विरालो खाएर अब त त्यो पनि पाउन छोडिएको छ। 

यतिमात्रै होइन भोकमरीका कारण रुखका पातसमेत पाउन छोडिएको छ। भोकमरी कै कारण सिरियाका मानिस माटो खान थालेको संचारमाध्यमले उल्लेख गरेका छन्।


एक मिडिया रिपोर्टका अनुसार सिरियाको कडाया कस्बे सहरमा भोकमरीले चरम रुप लिएको छ।  त्यहाँ मानवीय सहायतको निकै आवश्यता रहेको संचारमाध्यमले जनाएका छन्। सो सहरमा इन्धन, औषधिलगायत अत्यावश्यक चीजको आयात ठप्प रहेको छ। गतवर्षको जुलाइ महिनादेखि सिरियाली राष्ट्रपति बशर अल असदको सेनाले क्षेत्रलाई घेराबन्दीमा राखेको जनाइएको छ। रेडक्रसका अनुसार सो सहरमा मानिस चीसोबाट बच्न प्लाष्टिक जनाएर ताप्ने गरेका छन्।

सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले बुधबारमात्र बच्चासहित २३ जना आइएसआइएसको कब्जामा रहेको सहर मडायामा मारिएको जनाएको थियो। सो सहरमा राष्ट्रपतिका सेनाले पुरै आयतमा रोक लगाएका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ। सेनालाई लेबलानको शिया समुह जिहबुल्लाह सेनानीको समर्थन प्राप्त छ।   

विपक्षी दल सिरियन नेशनल कोअलिशनले मडाया सहरमा मानवीय विमासको चेतावनी दिएको छ। नजिकैको सहर जबादनीको अवस्थामा पनि मडाया जस्तै नाजुक रहेको छ। संयक्त राष्ट्र संघको रिपोर्ट अनुसार पछिल्लो पाँच वर्षमा सिरियामा जारी सघर्षका कारण  २ लाख ५० हजार मानिसको ज्यान गइसकेको छ।