तिम्रो तस्बिर हेर्दा हेर्दै धेरै आँसु गयो (भिडियो सहित)



हेमन्त आचार्य क्षेत्री  .
मलेसियाबाट

अध्यारोमा बत्ती बालेछु
ढोका थुनि रुनपो थालेछु
धेरै आँसु गयो ...........
तिम्रो तस्बिर हेर्दा हेर्दै धेरै आँसु गयो, सानू सानू भन्दै रुदा बिहानी नै भयो |

भयो जीवन छिडेको नेति झै
असिनाले कुटेको खेती झै

यी मर्मस्पर्सी शब्दहरु हुन् भर्खरै बजारमा आएको नया एल्बम 'बिहानी नै भयो' को |
मोडेल द्वय रन्जिता गुरुङ र श्रीकृष्ण क्षेत्री बिछोडको पीडाले रुदा रुदै रात बितेको पत्तै पाएनन् यो गीतको म्युजिक भिडियोले यस्तै भन्छ |

अन्जान के सि (आँसु )को उत्कृष्ट शब्द सिर्जनामा लोक दोहोरी गीति एल्बम बिहानि नै भयो सार्बजनिक भईसकेको छ |
जुन गीतमा श्रीकृष्ण क्षेत्री र पुर्ण कला बि सि को आवाज रहेको छ | अन्जान के सिको शब्दलाई श्रीकृष्ण क्षेत्रीले लय दिएका हुन् |

अभिनय श्रीकृष्ण क्षेत्री , रन्जिता गुरुङ र साथीहरुको रहेको छ | यस गीतको म्युजिक भिडियो निर्देशन होम धितालले गरेका छन | छायांकन मरुभूमि नारायणले र गीतको सम्पादन रोशन धितालले गरेका छन् | यो  गीतको भिडियो निर्माण तथा बजार ब्यबस्थापन धिताल फिल्मस प्रा लि ले गरेकोछ |

बरु बोटको फुल ओईली झरोस
सत्रुलाईनी यस्तो त न परोस्

अध्यारो मा बत्ती बालेछु
ढोका थुनि रुनपो थालेछु
धेरै आँसु गयो ...........
धेरै आँशु गयो , तिम्रो तस्बिर हेर्दा हेर्दै धेरै आँसु गयो, सानू सानू भन्दै रुदा बिहानी नै भयो |

बध्यतामा छुट्नु परेका प्रेमी जोडी को पिडालाई अतिनै मार्मिक शब्द मा उतेरेका छन स्रजक अन्जान केसिले |
गायक गायिका सुमधुर आवाज र कलाकारको बेजोड अभिनयले  गर्दा गीत सरै मीठो बनेको छ हजुर हरु पनि सुनेर हेरेर आनन्द लिनुहोस |