जनसम्पर्क समिती, अमेरिकामा मनोनयन

नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिका सभापती आनन्द बिष्टले केन्द्रिय समितिमा मनोनयन गर्न बांकी रहेका बिभागमा बिभागीय प्रमुखहरु तथा दुई जना केन्द्रिय सदस्यहरुको मनोनयन गर्नुभएको छ ।

जनसंपर्क समितिका केन्द्रिय सभापती विष्टले समितिको रिक्त केन्द्रीय सदस्यहरुमा श्री चन्द्र धिताल (सानफ्रान्सिस्को, क्यालिफोर्निया) र श्री परमानन्द खनाल (लंग आइल्याण्ड, न्यूयोर्क) लाई मनोनयन गर्नु भएको छ । सभापति विष्टले आज धिताल र खनाललाई जनसंपर्क समितिको बिद्धमान विधान (नेपाली कांग्रेस, केन्द्रिय समितिद्दारा अनुमोदित) को धारा २१ बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएको हो । स्मरणीय छ, विधानले सभापतिलाई छ जना केन्द्रीय सदस्य मनोनयन गर्न सक्ने अधिकार प्रदान गरेको छ । छ जना मध्ये सभापति विष्टले यस अघी नै समितिका निवर्तमान संयोजक श्री विष्णु सुवेदी र पूर्व सह-संयोजक तथा कांग्रेस महा-समिति सदस्य वेदप्रसाद खरेललाई सदस्यमा मनोनयन गरिसक्नु भएको छ ।

यसैगरी सभापति विष्टले आज नै समितिको विधानको दफा २८ को उपदफा A (g) ले प्रत्यायोजन गरेको अधिकार र केन्द्रीय समितिको डिसेम्वर १९ को बैठकको निर्णय अनुसार गठित १३ विभाग मध्ये रिक्त छ विभागहरुमा केन्द्रीय सदस्य मध्येबाट तपसिल बमोजिम प्रमुखहरुको मनोनयन गर्नु भएको छ ।
१. संगठन विभाग: श्री वेदप्रसाद खरेल
२. नीति तथा कार्यक्रम विभाग: श्री सुन्दर गुरुङ
३. प्रशिक्षण विभाग: श्री प्रमोद सिटौला
४. खेलकूद विभाग: श्री हरिबोल भण्डारी
५. संघ, संस्था समन्वय विभाग: श्री गोपाल विश्वकर्मा
६. युवा तथा विद्धार्थी विभाग: श्री रबिन बस्नेत

विभागीय प्रमुखहरुको यो मनोनयनसंगै समितिका सबै १३ विभागहरुले पूर्णता पाएको छ । सभापति विष्टले यस पहिले नै सचिव भोजराज थोकर प्रमुख रहनु भएको अनुशासन विभाग र कोषाध्यक्ष विजय थुलुङ्ग प्रमुख रहनु भएको आर्थिक विभाग गठन गरिसक्नु भएको छ । यसैगरी गत महिना मात्रै सभापति विष्टले केन्द्रीय सदस्यहरु मध्येबाट सुबास लामा प्रमुख रहनु भएको सांस्कृतिक विभाग, गोकुल ढकाल प्रमुख रहनु भएको संचार एवं प्रचार विभाग, पिताम्वर भुषाल प्रमुख रहनु भएको कानुन विभाग, लोक लामा प्रमुख रहनु भएको आदिवासी, जनजाति विभाग र मान्ती शाह प्रमुख रहनु भएको महिला विभागको गठन गरिसक्नु भएको छ ।
सभापति विष्टले मनोनित दुवै केन्द्रीय सदस्य र सबै विभागीय प्रमुखहरुबाट संगठनको हितमा अझ बढी सक्रियतापूर्वक काम हुने विश्वास व्यक्त गर्दै मनोनित सबैलाई बधाई व्यक्त गर्नु भएको छ ।
गोकुल ढकाल
प्रमुख, संचार एवं प्रचार विभाग

नेपाली जनसम्पर्क समिति, अमेरिका ।