ओलीका बोलि बिरुद्ध गोलि

बाल्टिमोर अमेरिका / डिसेम्बर ९

प्रधानमन्त्री ओली बेला बेला आफ्नै बोलिका कारण चर्चामा आउछन | काठमाडौँका कार्यकर्ताहरुको सम्मेलनमा बोलेको एउटा कुराले यतिबेला ओली सबैतिर चर्चित छन् |

उनले अब छिट्टै काठमाडौँ उपत्यकाका सबै घर घरमा पाईप बाट ग्यास पुर्याउने घोषणा गरेका थिए |

"चुल्होमा पिटिक्क पार्नुस भुरुर्र आगो बल्छ " ओलीले यसो भन्दै गर्दा आफ्नै कार्यकर्ताले भरिएको हलमा हाँसो गुञ्जिएको थियो |

लगत्तै संचार माध्यमले यो कुरा बाहिर ल्याए | त्यसपछि सामाजिक संजालमा प्रधानमन्त्रीका बोलि उपर प्रतिक्रिया दिन शुरु भयो | धेरैले प्रधानमन्त्रिलाई उडाएका लेखेका छन् |

 "योजना बिना प्रधानमन्त्री किन यस्ता हावादारी कुरा गर्छन" एक विश्लेषकले द नेपाल टुडेसंग  भने | के यी हावादारी कुरा मात्र हो त ? उत्तरका लागि भने केहि समयले नै देखाउला !

द नेपाल टुडेले आफ्ना एक पाठकसंग यहि कुरा सोधेको थियो | प्रधानमन्त्री त "चुल्होमा पिटिक्क पार्नुस भुरुर्र आगो बल्छ " भन्नु हुन्छ नी भनेर सोधेको थियो | उनले प्रतिक्रियामा लेखेका थिए "ग्रास प्राईममिनिस्टर"(फोटो हेर्नुस) अर्थात् घाँस प्रधानमन्त्री |



हामीले फेसबुकमा भेटेका केहि प्रतिक्रिया यस्ता छन् :