पोखरामा आयो '' टिचर ''

सन्तोष बस्याल 

सलोन फिल्मस प्रालीबाट बजारमा आएको चल्चित्र टिचरको बिहीवार पोखरामा  पत्रकार सम्मेलन सम्पन्न भएको छ । चल्चित्रका निर्माता निर्देशक शोभित बस्नेतको उपस्थिती रहेको उक्त कार्यक्रममा सोमबार देखी पोखरामा प्रदशन हुन लागेको चल्चित्र टिचर सँग रहेको गतिविधीलाई प्रस्तुत गरिएको थियो । 

यस अघी हेटौंडा, नारायणगढ, काठमान्डौमा सफल रुपमा प्रदशन भएको चल्चित्र टिचरमा ''एउटा शिक्षक जो आफ्नो सम्पूर्ण सुख दु:ख पलहरु आफ्नो विध्यार्थीलाई सिकाउनमा तल्लिन हुन्छ र उस्को जीवन सिकाइ अनी सिकाउने प्रकृयामानै चलिरहन्छ '' त्यसै संघ सम्बन्धित रहेर निर्माण भएको चल्चित्रले एउटा  शिक्षकको कथा अनी व्यथालाई राम्रै सँग प्रस्तुत गर्न सकेको बताउछन निर्देशक शोभीत बस्नेत । 

कृष्ण कार्कीको  लगानी रहेको चल्चित्र टिचरमा मुख्य पात्रका रुपमा पोख्रेली कलाकार कुशल थापाको अभिनय देख्न सकिन्छ । कुशलले यसअघी शोभित बस्नेतकै निर्देशनमा रहेको चल्चित्र कन्यादान र राज अनी अन्य गरी १२ वटा चल्चित्रमा आफ्नो अभिनय गरी सकेका छन । कुशल विश्वस्त छन आफुलाई पोख्रेली दर्शक स्रोताले साथ दिनेमा । 


आम्दानिको ३५ प्रतिशत पिपुल हेल्थ फाउन्डेशन नेपाल ''जस्ले स्वास्थ सेवा नपुगेको ठाउमा शिविर सन्चालन गर्छ'' सो सस्थालाई सहयोग गर्ने उद्श्यले पोखरामा प्रदशन हुन लागेको चल्चित्र टिचर कम बजेटको फिल्म हो । चर्चित निर्देशक निर्माता शोभित बस्नेतको निर्देशनमा बिन्दिया रानीको ''टिचर ''सोमबार देखी पोखराको बिन्दुबाशिनी हल र बाराही सिनेमा हलमा प्रदशन हुने फिल्म उनिटले जानकारी दिएका छन ।