नाका खोल्न भारतले दिल्लीमै राजेन्द्रलाई दवाव दिने


काठमाडौ- भारतको सुझावलाई समेत अटेर गर्दै सेलाएको मधेस आन्दोलनलाई चर्काउन वीरगञ्ज बाहेकका नाका समेत ढप्प पर्ने क्रममा विराटनगरमा प्रहरीको लाठी लागि घाईते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भारतले दवाव दिने भएको छ ।

अहिले उपचारको क्रममा नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा रहेका महतोलाई भारतले उतैबाट रक्सौल सहितका नाका खोल्न र नाकाबन्दी नगर्न दवाव दिने भएको छ ।

नेपाल स्थिति भारतीय दुतावास स्रोतका अनुसार नेपालमा अभाव र संकट चुलिदै जाँदा त्यसले भारतलाई समेत अन्तर्राष्ट्रिय स्तरमा दवाव उत्पन्न भएपछि मधेसी मोर्चामा अलि उग्र स्वभावका महतोलाई दवाव दिने निष्कर्समा पुगेको हो ।

मधेसी मोर्चाकै नेताहरुसँग असमझदारी बढेपछि आफै अलग्गै मोर्चाबाट बाहिरिएर आन्दोलन गर्ने तयारीमा रहेका महतोलाई उपचारकै क्रममा भारतीय पक्षले दवाव दिने योजना बनाएको बताईएको छ ।