सरकार ढाल्ने ‘ग्राइन्ड डिजाइनप्रति सुजाताको आक्रोश


दैलेख : नेपाली कांग्रेसकी नेत्री सुजाता सरकार ढाल्ने ग्राइन्ड डिजाइन मुलुकलाई झन् अस्थिरतामा फसाउने षड्यन्त्र भएको बताइएकी छिन् । उनले भनिन्, ‘सरकार ढाल्ने खेलमा लाग्दा मुलुक झन् अस्थिरतामा फस्न सक्छ ।’

नेपाललाई शक्तिशाली बन्न नदिन सरकार टिक्न नदिनेको ‘ग्रान्ड डिजाइन’ नै चल्ने गरेको छ” नेपाल प्रेस युनियनद्वारा आइतबार दैलेखमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले भनिन्, ‘नेपालमा एउटा सरकार पाँच वर्ष टिकेको इतिहास छैन । छिमेकी भारतमा जति कमजोर सरकार भएपनि पाँच वर्ष टिक्न दिन्छन् ।’

पार्टीको आसन्न १३औँ महाधिवेशनमा आफू सभापति वा त्यो नभए पदाधिकारीको कुनै पदमा उम्मेदवारी दिने बताइन् । कांग्रेस पार्टी कार्यालय रहेको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्न कोइराला दैलेख आएकी हुन् । त्यस अवसरमा उनी कोइराला सेवा समाजको कार्यक्रममा समेत सहभागी भइन् ।

संविधान जारी भइसकेपछि सबै पार्टीको ध्यान देश विकासतर्फ हुनुपर्ने उनले बताइन् । ‘अनेक षडयन्त्रका बीच तीनदल एक भएर संविधान ल्याउन सफल भयौँ । विकासका लागि फेरि पनि तीन दलको एकता जरुरी छ’, उनले भनिन्, “राष्ट्रिय मेलमिलाप र एकता काँगेरसको मूलमन्त्र हो । प्रतिपक्षमा रहेपनि रचनात्मक सहयोग गर्छ ।’

 पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कोइरालाले भारतीय बौद्धिक तप्का, सांसद र नागरिकले नाकाबन्दीको विरोध गरिरहेकाले अब छिट्टै असहज परिस्थिति अन्त्य हुने विश्वास व्यक्त गरिन् । उनले अब मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन नरहेको पनि बताइन् ।