नयाँ शक्तिमा करिश्मा मानन्धर पनि



काठमाडौ / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले घोषणा गरको नयाँ शक्ति पार्टीमा नायिका करिश्मा मानन्धर पनि लागेकी छिन | कलाकार सरोज खनाल यस अघि नै सो पार्टीमा लागेको सार्बजनिक भईसकेको थियो | तिन चार पटकको बैठकसम्म पनि निर्णय गर्न नसकेकी मानन्धरले अन्तिममा सो पार्टीमा लाज्ने निर्णय गरेकी हुन् |  उक्त पार्टीमा खलनायक आशोक शर्मा पनि छन् | पूर्व अर्थसचिब रामेश्वर खनाल पनि छन् |

आइतबार भट्टराईले नयाँ शक्तिका पाँच विशेषता सार्वजनिक गर्दै ३५ सदस्यीय केन्द्रिय परिषद सार्बजनिक गरेका हुन् । भट्टराईले सार्वजनिक गरेका विशेषतामा औद्योगिक पूँजीवाद, न्यायोचित संघीय संरचना, विधिको शासन, एक व्यक्ति एक पद र समाजवाद प्रमुख बुँदा रहेका छन् ।

भट्टराईले अघि सरेका नयाँ शक्तिका पाँच विशेषता जस्ताको तस्तैः

पूँजीको न्यायपूर्ण वितरण र सम्बृद्धिको लागि राष्ट्रिय औद्योगिक पूँजीवादको जग निर्माण गर्दै समुन्नत समाजको रचना,

समानुपातिक समावेशी आधारमा प्रमुख जातीय समूह खस–आर्य, मंगोलमूलका आदिवासी–जनजाति, मधेसी–थारु, मुस्लिम, दलित, अल्पसंख्यक, महिला र युवाहरुलाई न्यायोचित संघीय संरचना,

प्रत्यक्ष र परिणाममुखी लोकतन्त्र, सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासन,

एक व्यक्ति एक पद, निर्वाचनमा अस्वीकारको व्यवस्था तथा नेतालाई फिर्ता बोलाउने हक;

विकास, सुशासन, सदाचार, समन्याय, स्वाधीनता, समावेशीता, सम्बृद्धि र समाजवाद ।

नयाँ शक्ति  केन्द्रीय परिषद नामावलीको पूर्णसूची


संयोजक
१.    डा. बाबुराम भट्टराई    गोरखा

परिषद् सदस्य
२    अशोक शर्मा    झापा
३    ऋषवदेव भट्टराई    चितवन
४    कमला हेम्चुरी    पाल्पा
५    करिश्मा मानन्धर    काठमाडौं
६    केशव दाहाल    सुनसरी
७    डा. केशवमान शाक्य    काठमाडौं
८    गणेशराज राई    भोजपुर
९    डा. चैतन्य सुब्बा    ताप्लेजुङ
१०    डा. जीतेन्द्र महासेठ    सिराहा
११    टिका गौचन    म्याग्दी
१२    डम्बर खतिवडा    सुनसरी
१३    तिलक थापा मगर    मोरङ
१४    दलमर्दन कामी    सुनसरी
१५    दुर्गा सोव    डोटी
१६    देवेन्द्र पौडेल    बाग्लुङ
१७    नत्थुप्रसाद चौधरी    सप्तरी
१८    नारायण पाण्डे    गोरखा
१९    पासाङ्ग शेर्पा    ताप्लेजुङ
२०    डा. प्रवीण मिश्र    महोत्तरी
२१    मदन राई    खोटाङ
२२    मनप्रसाद सुनुवार    रामेछाप
२३    मुमाराम खनाल    कपिलबस्तु
२४    डा. मुक्ति रिजाल    अर्घाखाँची
२५    मोहनी महर्जन    काठमाडौं
२६    डा. राजेन्द्र के.सी.    धादिङ
२७    डा. रामकेवल साह    धनुषा
२८    रामचन्द्र झा    धनुषा
२९    रामेश्वर खनाल    पाल्पा
३०    लिली थापा    काठमाडौं
३१    वज्रकिशोर यादव    धनुषा
३२    विसन राई    खोटाङ
३३    सरोज खनाल    चितवन
३४    डा. सुरेन्द्र चौधरी    दाङ
३५    हरेराम कोईराला    गोरखा