के हुँदैछ गुण्डा नाइकेहरूको मुद्दा ?

काठमाडौं – अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका पाँच गुण्डा नाइकेहरूको मुद्दा फैसला चरणमा पुगेको छ ।

सम्पत्ति शुद्दीकरण विभागले स्रोत नखुलेको करोडौं सम्पत्ति थुपारेको अभियोगमा गणेश लामा, चक्रे मिलन, दीपक मनांगे, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्द ०७० जेठमा दायर गरेको मुद्दा फैसला चरणमा पुगेको हो ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशद्वय प्रभा वस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले आइतबार लामाको मुद्दामा अन्तिम फैसला गर्नका लागि पक्ष र विपक्षका कानुन व्यवसायीसँग बहस नोट माग्ने आदेश दिएको छ । नागरिक दैनिकबाट।